News

ओलीले देउवालाई हात जोडेर भने– हिरिक्–हिरिक् भएका छन् विचराहरु, मन्त्री वनाई दिनोस

ओलीले देउवालाई हात जोडेर भने– हिरिक्–हिरिक् भएका छन् विचराहरु, मन्त्री वनाई दिनोस

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले पाउँला र खाउँला भनेर आफनो पार्टीवाट प्रधानमन्त्री शेरबहादुर देउवाको पछि लाग्नेहरुलाई मन्त्री बनाइदिन व्यंग्यात्मक आग्रह गरेका छन्। 

मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले हात जोडेर भने–‘तिनीहरुलाई मन्त्री दिनुस् न। किन बिलम्ब गर्नुभएको? हिरिक्हिरिक् भएका छन् विचराहरु, मन्त्री खानका लागि। प्लिज (हात जोड्दै) यति त गराइसक्नुभयो। पछि त लगाइसक्नुभयो। पछिपछि हिँडेका छन्, हिँडेका छन्। कुदेका छन्, कुदेका छन्। फ्याँफ्याँफ्याँफ्याँ, स्वाँस्वाँस्वाँस्वाँ गरेका छन्। मन्त्री खान पाऊँ भनेका छन्। बिहान बेलुकै चाकरीमा हाजिर भएका छन्। मन्त्री दिनुस् प्लिज (हात जोड्दै)। दिनुस।’

प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका २२ सांसद्हरुले फ्लोर क्रस गरेर मत दिएका सांसदहरुलाई लक्षित गर्दै उनले यस्तो ब्यंग्य गरेका हुन । ति मध्ये करिव आधा दर्जन सांसद ओली समुहवाटै गएका थिए ।

केपी शर्मा ओली

विशेष