News राजनीति

ओलीका नजरमा सरकारको ‘साझा कार्यक्रम’ : स्वार्थहरु जोडेर भागशान्ति जय नेपाल !

ओलीका नजरमा सरकारको ‘साझा कार्यक्रम’ : स्वार्थहरु जोडेर भागशान्ति जय नेपाल !

सरकारको न्युनतम साझा कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटै खोट निकालेका छन् । मंगलवार प्रतिनिधि सभाको वैठकमा वोल्दै ओलीले साझा कार्यक्रममाथि तथ्यगत प्रतिबाद गरेका छन् ।

अध्यक्ष ओलीले पाँच दलिय सत्ता गठवन्धनले ल्याएको साझा कार्यक्रमको दफा–दफामा आपत्ति जनाए । गठवन्धनका साझा कार्यक्रम अमुर्त रुपमा आएको वताएका उनले सरकार र गठवन्धन देश र जनताको पक्षमा पनि स्पष्ट रुपमा वोल्न डराएको आरोप लगाए ।

नेपाली कांग्रेसकै पालामा भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता एमसीसी सम्झौताका विषयमा साझा कार्यक्रममा एक शब्द पनि नवोलिएको भन्दै उनले आश्चर्य ब्यक्त गरे । न्यूनतम साझा कार्यक्रमको पुस्तिकाका पन्ना पल्टाई पल्टाई हेरेका उनले प्रधानमन्त्रीतर्फ इसारा गर्दै भने–‘खै यस्मा त कतै एमसीसीको वारेमा लेखेको मैले भेटिँन। तपाईले नै गरेको होईन यो सम्झौता ? अव जनता जान्न चाहान्छन् के हुन्छ एमसीसी ? वताई दिनोस प्रधानमन्त्री ज्यू।’

‘सरकारको न्यूनतम साझा कार्यक्रम हेर्दा शब्दजाल बाहेक केही छैन । बोल्नुपर्ने विषयमा मौन छ । एमसीसीका बारेमा त्यसमा एक शब्द पनि छैन । एमसीसी ससद्मा छ । पास गर्ने कि फेल गर्ने भन्नेबारेमा वोल्नु पर्दैन ? उनले भने–‘एमसीसीका बारेमा जसले वार्ता गर्यो, जसले सम्झौता गर्यो– उहाँहरु अहिले सरकारमा हुनुहुन्छ । एमसीसी पारित हुन १३६ मत चाहिन्छ, तपाईहरुसँग १६५ मत छ। अव एमसीसी पास गर्ने की फेल गर्ने वोल्नु पर्दैन ?’

साझा कार्यक्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समस्याका रुपमा राखेर समाधान गर्ने भनिएको छ। ‘यो भुभाग हाम्रो अभिन्न र पवित्र भुभाग हो। समस्या होईन । हाम्रो भुभाग हो भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछौं भन्न किन डराएको ? उनले थपे–‘समस्या होईन त्यो, हाम्रो भुभाग हो । फिर्ता लिनोस। तपाईले सक्नु भएन भने डेढ वर्ष पर्खनोस, हामी छौं ।’

छिमेकीहरुसँगको सिमा समस्या टुङ्याईने भनिएको विषयमा पनि उनले उग्र आलोचना गरे । ‘छिमेकीहरुको समस्या कहाँ कहाँ छ ? कति साह्रो डराएको यो सरकार ? ठोस रुपमा तोकेर केहि वोल्न सक्दैन’ उनले भने–‘जिव्रो पनि रगत आईसक्यो होला। चपाउँदा चपाउँदा ।’

असमान सन्धीहरुका वारेमा कुरा उठाएर कुन सन्धि हो भन्न पनि सरकार डराएको उनले आरोप लगाए । ‘कुन सन्धी हो त्यो लेख्न कस्ले रोक्यो’ भन्दै उनले प्रश्न गरे ।

सरकारले भ्रष्टाचारको छानविन र कार्वाही गर्ने भनेकोमा आफुलाई खुसी लागेको ओलीले वताए । ‘क्यान्टोनेण्टको कुरा छन्, ललिता निवास, मातातिर्थ, सर्दु जलाधार क्षेत्रका पनि कुरा छन्’ उनले भने –‘त्यत्रो गौर घटना भयो । मान्छे मरेका छन्। त्यसको आयोजक को हो ? पक्कै पनि खोजी हुन्छ होला।’

छानविन र कारवाहीको कुरा पक्कै पनि कसैलाई धम्क्याउन ल्याएको होईन होला भन्दै उनले भने–‘भ्रष्टाचारको छानविन र कार्वाही हुनु सकारात्म पक्ष हो ।’

न्युनतम साझा कार्यक्रमा द्वन्द्व पीडितलाई सम्मान गर्ने भनिएकोमा पनि ओलीले असन्तुष्टि जनाए । ‘उनीहरुलाई पहिला न्याय दिनोस। तपाईले दुईटा दोसल्ला ओढाएर हुन्छ ?’ उनले थपे–‘घाईतेको उपचार र शरीरमा वोकेका गोली निकाल्छु भन्नोस न। यदि सरकारले सक्दैन भने एमालेका पार्टी कार्यालयमा पठाई दिनोस, हामी निकाल्छौं ।’

उनले गठवन्धन भनेको  लोकतान्त्रीक मुल्य मान्यताका लागि, देश र जनताका लागि भन्दा पनि सत्ता हत्याउन र स्वार्थ पुरा गर्न मात्रै वनेको आरोप पनि लगाए । उनले भने–‘लोकतान्त्रीक मुल्य मान्यता, नीति, विचार होईन, स्वार्थहरु जोडेर भागशान्ति जय नेपाल।’

केपी शर्मा ओली

विशेष