News

वावुराम भट्टराईद्वारा ओलीको प्रतिवाद– जो चोर उसैको ठुलो स्वर

वावुराम भट्टराईद्वारा ओलीको प्रतिवाद– जो चोर उसैको ठुलो स्वर

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक– पटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज र भ्रष्टाचारको पहाड बारे क्षमायाचना गर्नुको सट्टा ‘जो चोर उसकै ठूलो स्वर’ भने झै गरेको टिप्पणी गरेका छन्। 

मंगलवारको प्रतिनिधि सभामा ओलीको सम्वोधन लगत्तै उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले यस्तो टिप्पणी गरेका हुन ।

पटक पटक संविधानको उल्घन, संसदको हत्या, अध्यादेशको राज र भ्रष्टाचारको पहाडबारे कुनै क्षमायाचना गर्नुको सट्टा उल्टै ‘जो चोर उसकैको ठूलो स्वर’ भएको उनको टिप्पणी छ।

ओलीले सरकारले ल्याएको साझा न्यूनतम कार्यक्रमका विषयमा चर्को विरोध गरेपछि भट्टराईले ट्वीटर मार्फत नै प्रतिवाद गरेका हुन्।

‘सबको औषधी दैवले रचिदियो बिर्सेछ कि मूर्खको!’ भन्दै उनले लेखेका छन्–‘भर्खरै आफ्नै कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कूलमा पढेको कवितांशको याद आयो! पटक पटक संविधानको उल्लंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाड बारे न कुनै क्षमायाचना! उल्टै जो चोर उसको ठुलो स्वर!’

बाबुराम भट्टराई केपी शर्मा ओली

विशेष