News Breaking News मुख्य समाचार समाज

पाकिस्तानमा हिन्दु मन्दिर तोडफोड गरेकोप्रति नेपाल मानव अधिकार संगठनले आपत्ति जनाए

पाकिस्तानमा हिन्दु मन्दिर तोडफोड गरेकोप्रति नेपाल मानव अधिकार संगठनले आपत्ति जनाए

काठमाडौं । पाकिस्तानमा हिन्दु मन्दिर तोडफोड गरेकोप्रति नेपाल मानव अधिकार संगठनले आपत्ति जनाई आवश्यक कार्यवाहीको माग गरेको छ । पाकिस्तानको पंजावमा बुधबार एउटा स्थानीय मदरसामा आठ वर्षीय हिन्दु बालकले पिसाव फेरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । तर, अदालतले उनलाई रिहाई गर्न आदेश दिएपछि रहिम यार खान जिल्लाको भोंग सहरमा सयौं मुस्लिमहरुले बालको रिहाइको विरोध गर्दै हिन्दु मन्दिरमा तोडफोड गरेको थिए ।
सो घटनाबारे नेपाल लगायत विश्वका विभिन्न हिन्दु संगठनहरुले भ्रत्सना गरेको छन् साथै कुनै पनि धर्म माथि अघात गर्नु मानव अधिकारको हनन गर्नु नै रहेकोले यथाशीध्र कार्यवाही गर्न माग गरिएको छ ।
“हामीले घटनामा संलगन रहेको आशंकामा २० भन्दा बढी संदिग्धहरुलाई पक्राउ गरिसकेका छौं”, रहिम यार खानका जिल्ला प्रहरी अधिकारी डीपीओ असद सरफराजले भने । भिडियो फुटेजको माध्यमबाट संदिग्धहरुको पहिचान गरिरहेको हुनाले अगामी दिनहरुमा थप केही व्यक्ति पक्राउ पर्ने उनले बताए ।

उनले मन्दिर तोडफोड गरेको आरोपमा १५० जनाभन्दा बढीविरुद्ध आतंकवाद र पाकिस्तान दण्डसंहिताको विभिन्न धाराअन्तर्गत मुद्या दर्ता गरिएको जानकारी दिए । “हामी यो अपराधमा संलगन प्रत्येक संदिग्धलाई पक्राउ गर्नेछौं । सर्वोच्च अदालतको आदेशमा मन्दिरको जीर्णेद्धारको काम सुरु गरिएको छ”, उनले भने ।
यस्तै सर्वोच्च अदालतका मुख्य न्यायाधीश गुलजार अहमदले शुक्रबार भएको घटना रोक्न असफल भएको भन्दै प्रहरीको आलोचना गरेको छन् । उनले आठ वर्षीय बालक पक्राउप्रति पनि आपत्ति जनाएका छन् । नाबालिगहरुको मानसिक क्षमता बुझन असमर्थ रहेको भन्दै उनले प्रहरीको आलोचना गरेका छन् । यता नेपालमा हिन्दु मन्दिर तोडफोडको भिडियो भाईरल हुदा हिन्दु परिषद नेपाल लगायतका हिन्दुबादी संगठनहरुले विरोध प्रदर्श शुरु गरिरहेका छन ।

विशेष