अफगानी राष्ट्रपतिले भने - संकटको कुनै सैन्य समाधान छैन, तालिबानसँग वार्ता गर्नुपर्छ
काबुल । अफगानिस्तानका राष्ट्रपति अशरफ घनीले राष्ट्रपति भवनमा राष्ट्रिय झण्डा दिवसको अवसरमा बोल्दै देशको संकटको कुनै सैन्य समाधान नभएको दोहोर्याएका छन् । तालिबान समूहलाई सम्बोधन गर्दै राष्ट्रपति घानीले भने, "तपाईं बलले आत्मसमर्पण गर्नुहुन्न, हामी पनि आत्मसमर्पण गर्दैनौं, त्यसैले समाधान एकसाथ आउन सक्दैन । यसको सैन्य समाधान पनि हुन सक्दैन ।"
कुनै विदेशी शक्ति अथवा नेटवर्कले मुलुकलाई युद्धमैदानमा परिणत गर्न खोजे पनि सरकारले कुनै विनाशकारी योजना अघि नसार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, "विदेशीहरु तथा अन्य नेटवर्कहरुले देशलाई युद्धमैदानमा बदल्न खाजेका हुन सक्छन् । तर, हामी विनाशकारी योजनाहरुलाई पेश गर्दैनौं । के तपाइँ अफगानिस्तानको राष्ट्रिय हित, वा नेटवर्कप्रति प्रतिबद्ध हुनुहुन्छ ? के तपाइँ कपटको बीउ छर्न र राष्ट्रिय बस्ती र जगहरु नष्ट गर्न चाहनुहुन्छ ?"
उनले राष्ट्रिय हितका लागि हतियार छोडेर वार्तामा बस्नुपर्ने बताए । उनले भने, "हाम्रो आवाज शान्तिको आवाज हो, र सबै अफगानिस्तानीहरु शान्ति चाहन्छ, एक सम्मानजनक र दिगो शान्तिका लागि आपसी छलफलबाट सहमतिमा पुग्न सकिन्छ, जसमा सबैको भविष्य सुरक्षित छ ।"
उनले यदि तालिबानले युद्ध जारी राख्यो भने सुरक्षा बलले त्यसको जवाफ दिनेसमेत चेतावनी दिएका छन् । घानीले यदि अफगानिस्तान असुरक्षित भयो भने यस क्षेत्रमा कुनै पनि मुलुकमा स्थिरता हुन नसक्नेसमेत बताएका छन् ।
उनले इस्लामिक संसारका विद्वानहरु, विशेष गरी साउदी अरबमा हालै भएको उनीहरुको बैठकमा पाकिस्तानी धार्मिक विद्वानहरु सहभागी भएको भन्दै आपत्ति जनाएका छन् । अफगानिस्तानको युद्धको कुनै इस्लामिक वैधता नभएको समेत उनले बताए ।
उनले सुरक्षा योजनाको कार्यान्वयनसंगै देशको स्थितिमा चाँडै परिवर्तन हुने आश्वासनसमेत व्यक्त गरेका छन् । संयुक्त राज्य अमेरिकाले आफ्नो सेना फिर्ता लिने घोषणा गरेसँगै तालिबानी समूहले आक्रमणलाई तीव्रता दिएको हो ।