News विदेश

अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट सञ्चालन

अफगानिस्तान शान्ति : अलकायदा र अन्य आतंवादी समूहका गतिविधि पाकिस्तानबाट सञ्चालन

जुन २०२१ मा संयुक्त राष्ट्र सुरक्षा परिषद्को विश्लेषणात्मक समर्थन र प्रतिबन्ध अनुगमन टोलीले अलकायदा र तालिबानबीचको सम्बन्ध र उनीहरुले सञ्चालन गर्ने गतिविधिबारेको एक प्रतिवेदन सार्वजनिक गर्यो । उक्त रिपोर्टका अनुसार अलकायदा अफगानिस्तानका कम्तीमा ३४ प्रान्तहरमध्ये १५ मा सक्रिय रहेको देखिएको छ । । ती प्रान्तहरुमा एसियाका विभिन्न मुलुकका १० हजार विदेशी लडाकूहरु रहेको समेत पाइएको छ । रुसी सं३को उत्तरी काकेशस क्षेत्र, पाकिस्तान र अफगानिस्तान सरकारसँग लडिरहेको चीनको सिन्जियाङको उइगर स्वायत्त क्षेत्रका व्यक्तिहरु संलग्न भएको पाइएको हो ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्को रिपोर्टको अनुगमन टोलीले सन् २०२० को फेब्रअरीमा दोहामा अमेरिकी प्रशासन र पाकिस्तानमा रहेका तालिबान नेतृत्व परिषद्, अलकायदा र तालिबान गठबन्धन, अन्तर्राष्ट्रिय आतंकवाद, र अमेरिकी प्रशासन र तालिबानबीच सम्झौतामा हस्ताक्षर भएदेखि नै शान्तिपूर्ण प्रयासबारे छलफल गरेको हो । रिपोर्ट, तथापि, अफगानिस्तानमा युद्धको प्रमुख र अन्तर्निहित कारण पहिचान गर्न असफल भएको थियो ।

अफगानिस्तानमा पाकिस्तानको प्रोक्सी युद्धको लेखक क्रिस अलेक्जेन्डर, र २००५ र २००९ सम्मअफगानिस्तान को लागी संयुक्त राष्ट्र संघको पूर्व उपविशेष प्रतिनिधिसँग एक भर्चुअल कुराकानीमा क्रिसले केही अलकायदाका नेताहरु अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा बस्दै आएका छन् । उक्त टोली प्रतिनिधि क्रिसका अनुसार विभिन्न प्रतिवेदनहरु, पत्रकारहरुका आधिकारिक स्रोत, अनुसन्धानकर्ताहरु, पाकिस्तानी अधिकारीर र पूर्व अनुसन्धानका अधिकारीहरुको अनुसार अलकायदा संरचनात्मकरुपमा पाकिस्तानमा बस्दै आएको छ ।

सन् १९९८ मा अलकायदाको गठन भएदेखि नै आतंकवादी समूहका शीर्ष नेताहरु पाकिस्तानमा बस्दै आएका छन् । तर, प्रतिवेदनमा भने उनीहरु पाकिस्तानमा बसेको बारे उल्लेख गरिएको छैन । कि गरिएन भन्ने प्रश्नको जवाफमा क्रिसले भने, यदी यसबारे उल्लेख गरिएको अवस्थामा उनीहरुले पाकिस्तानमा मुल मुद्दाका विषयमा सम्झौता गर्न सुरु गर्छन । त्यसपछि अफगानिस्तान र पाकिस्तानको प्रोक्सी युद्ध वास्तविक सशस्त्र युद्धमा परिणत हुन्छ र एसियाको शान्ति र स्थिरता नै खलबलिन्छ ।

यसको परिणाम अन्य छिमेकी मुलुकहहरुमा पर्न जाने भएकोले यसबारे उल्लेख नगरिएको जनाइएको छ । उनका अनुसार हरेक वर्ष अलकायदा र अन्य आतंवादी समूहका हजारौं लडाकूहरु मारिने गरेको भएकोले पनि उनीहरुले अहिले कुनै ठूलो गतिविधि सञ्चालन गरेका छैनन् ।

पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणापछि भने तालिबानी लडाकू समूहसँग मिलेर अफगानिस्तानका विभिन्न क्षेत्रमा आक्रमण गर्दै क्षेत्र कब्जा गर्ने गरेका छन् । त्यसैगरि हक्वानी समूहले पनि अलकायदासँग मिलेर विभिन्न आतंकवादी गतिविधिहरु सञ्चालन गरिरहेको पाइएको छ ।

सन् २०२० को अमेरिका र तालिबानीबीचको शान्ति सम्झौताको महत्वपूर्ण उपलब्धी अमेरिकी सेनाको फिर्ता भएको र हजारौं तालिबानी कार्यकर्ताहरुको रिहाइ भएको बताइएको छ । तर, नाटो र अमेरिकी सेना फिर्तापछि पनि तालिबानी समूहले सत्ता कब्जा नगरेसम्म युद्धलाई जारी राख्नसक्ने चेतावनी भने दिइएको छ ।

विशेष