News

बैंकले पत्याएनन् भेटवाललाई, पुरा होला त काठमाण्डौं भ्यूटावर ? 

बैंकले पत्याएनन् भेटवाललाई, पुरा होला त काठमाण्डौं भ्यूटावर ? 

काठमाण्डौंको पुरानो वसपार्कमा निर्माणाधिन ‘काठमाडौं भ्यूटावर’ को निर्माण सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ। पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नु पर्ने भ्युटावरको काम ७ वर्ष बित्न लाग्दा पनि सन्तोस जनक काम हुन सकेको छैन ।

काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोइ विल्डर्स प्रालिबीच २०७१ फागुन २२ गते ५ वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, ठेकेदार कम्पनीको लापारबाहीका कारण टावर निर्माणले गति लिन सकेन ।

भ्यू टावर निर्माणका मुख्य ठेकेदार हुन जलेश्वर स्वच्छन्द विकोई विल्डर्सका सञ्चालक मनोज कुमार भेटवाल । अकुत सम्पत्तिका कारण मनोज भेटवाल व्यक्तिगत रुपमा सम्पन्न छन् । उनले सिंगापुरवाट हुण्डी मार्फत करोडौं रुपैयाँ ल्याएको वताईन्छ। तर, उनको सम्पत्ति जुनसुकै अवस्थामा र जसरी पनि प्रयोग गर्न सक्ने अवस्थामा छैन। 

सम्पत्ति सुद्धिकरण र अख्तियारसँग उनलाई डर छ। त्यसैले उनी टाठ पल्टेका ठेकेदार मध्येका एक हुन । उनी सधैंभरी पैसा उठाउन आउने मान्छेले घेरिएका हुन्छन। चेक बाउन्स प्रकरणमा उनी पटक–पटक थुनामा पुगेका छन् । वैधानिक रुपमा उनी टाट पल्टिएका छन् ।

सम्झौता हुँदा टावर बनाउन झन्डै ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। अहिले यो लागत बढेर साढे पाँच अर्बभन्दा बढी पुग्ने देखिन्छ। तर ठेक्का पाएको कम्पनीसँग यत्रो पूँजी लगानी गर्ने क्षमता छैन।

काम गर्नेलाई पैसा नदिएर सधैं घेरिएर रहने गरेका भेटवालको ‘काठमाडौ भ्यु टावर’ वनाउने हैसियत नरहेको जानकार ठेकेदारहरु वताउँछन् । सधैं विवादमा परिरहने, चेक वाउन्सको समस्या आईरहने र ब्यवहार राम्रो नभएका कारण बैंक तथा बित्तीय सस्थाले पनि उनलाई पत्याउन छाडेका छन् । वैंकले नै पत्याउन छोडेपछि उनले लगानी वढाउन सकेका छैनन् । जसका कारण निर्माणको काम कछुवा गतिमा अगाडि वढिरहेको जानकारहरु वताउँछन् ।

भेटवालसँग त्यत्रो ठूलो परियोजना बनाउने पैसा नै नभएको ठेकेदारहरुको भनाई छ। तोकिएको समयमा परियोजना सम्पन्न हुन नसक्नुको एउटा प्रमुख कारण पनि यहि भएको उनीहरु वताउँछन् ।

उनले ४ करोड मुद्रा विचलनको मुद्दा खेपेका छन्। भेटवाल प्रभु वैकको कालो सुचिमा छन भने उनको इनोभेटिभ कन्सेप्ट नेपाल पनि कालो सुचिमा रहेको वताईन्छ।

भेटवाल ०७५ वैशाखमा वैंक घोटाला प्रकरणमा पक्राउ परेका थिए । एपेक्स बैंक घोटाला प्रकरणमा संलग्न रहेको तथ्य फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । भेटवालले झापाको दमक नगरपालिका–१७ को कित्ता नम्बरर ४८५ को ०६७७२.६३ वर्ग मिटर जमिन धितो राखेर ऋण लिएका थिए । कमसल धितो राखेर अधिक ऋण लिएको तथ्य फेला परेपछि उनी पक्राउ परेका थिए। यो प्रकरणमा उनले डेढ अर्वभन्दा वढि अपचलन गरेको आरोप छ ।

फागुन २०७६ मा पनि उनी प्रहरी हिरासतमा पुगेका थिए । चन्द्रसिंह धामीले ७५ लाख १० हजार ठगी गरेको आरोपसहित उजुरी दिएपछि उनी भागेर भारत पुगेका थिए। पछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । 

यस विषयमा जलेश्वर–स्वच्छन्द बिकोइका सञ्चालक मनोज भेटवालको प्रतिक्रिया भने लिन सकिएको छैन। उनको मोवाईल अधिकांश समय स्विच अफ रहने गरेको छ। पैसाको ताकेता गर्नेहरुका कारण उनले फोन नउठाउने गरेको वताईन्छ। 

यो पनि

काम नगर्ने ठेकेदारलाई पटक–पटक म्याद थप, कहिले वन्छ काठमाण्डौं भ्यूटावर ?

टाट पल्टिए काठमाण्डौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल !

‘डन ठेकेदार’ भेटवालसँग प्रहरीको अस्वभाविक सेटिङ्ग

काठमाण्डौ भ्यु टावर निर्माणमा जथाभावी खन्दा आसपासका वस्ती धरापमा

प्रहरी र नेता सबैलाइ किनेको दाबी गर्छन भेटवाल !

अव काठमाण्डौंमा यि ब्यक्तिका कारण ट्राफिक जाम वढ्ने, महानगरको सम्पत्तिमा भेटवालको रजाई

अनियमितताको रिपोटिङ्ग गर्ने सञ्चारकर्मीमाथि भौतिक आक्रमण, सञ्चार उपकरण तोडफोड

मनोज भेटवाल काठमाडौं भ्यूटावर जलेश्वर स्वच्छन्द बिकोइ विल्डर्स प्रालि

विशेष