News भिडियो

एमसीसी रोक्न उपेन्द्र यादवलाई चीनियाँ राजदूत यान्छीको दवाव (भिडियोसहित)

एमसीसी रोक्न उपेन्द्र यादवलाई चीनियाँ राजदूत यान्छीको दवाव (भिडियोसहित)

नेपालका लागि चीनियाँ राजदुत होउ यान्छी र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट भएको छ । राजदुत यान्छी र अध्यक्ष यादवबीच मंगलबार ११ बजे यादव निवास हात्तिबनमा भेटघाट भएको हो । 

स्रोतका अनुसार राजदूत यान्छीले मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइ र पछिल्लो राजनीतिक अवस्थाका बारेमा चासो राखेकी थिइन् । उनले अमेरिकी विकास परियोजन (एमसीसी) संसदबाट पारित हुने संभावनाका बारेमा समेत अध्यक्ष यादवसँग छलफल गरेको स्रोतले बताएको छ । 

जवाफमा अध्यक्ष यादवले यथाशीघ्र मन्त्रिपरिषद् विस्तार हुने जनाएका थिए । एमसीसी पास गर्नु पर्ने मत राख्दै आएका उपेन्द्र यादवसँग राजदुत यान्छीको भेटघाटलाई अर्थपुर्ण ढंगबाट हेरिएको छ ।

अध्यक्ष यादव नेतृत्वको जसपाले एमसीसी सम्झौता खराब नरहेको बताउँदै आएको थियो । विगतमा एमसीसीभन्दा धेरै खराब सम्झौताहरु पनि गरिएको र चीनसँगै गरिएका कतिपय सम्झौताहरु पनि त्यस्ता रहेको तर्क यादवले गर्ने गरेका छन् ।

एमसीसीको अनुदान रोक्नका लागि चीन यतिबेला सक्रिय देखिएको जानकारहरु बताउँछन् । एमसीसी संसदबाट पारित गरिए चीनसँगको सम्बन्ध बिग्रीने भन्दै केही बामपन्थि राजनीतिक दलका नेताहरु समेत त्यसलाई रोक्नु पर्ने वताई रहेका छन् । 

उपेन्द्र यादव चिनिया राजदुर होउ यान्छी

विशेष