ओलीले प्रतिनिधि सभालाई सम्वोधन गर्ने, एमसीसीको विषय उठाउने सम्भावना
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन गर्ने भएका छन् ।
आफैले दुई पटकसम्म विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओलीले पहिलो पटक सम्वोधन गर्न लागेका हुन ।
साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए । तर आज ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको छ । प्रतिनिधिसभा बैठक दिउँसो एक बजे बस्दैछ ।
उनले गर्ने सम्वोधनलाई नागरिकले उत्सुक्ता पुर्वक पर्खेका छन् । किनकी सरकारमा रहँदा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता पास गर्नु पर्ने अडान राख्दै आएका ओली पछिल्लो समय त्यसलाई संशोधनसहित पास गर्नु पर्ने वताउँन थालेका छन् ।
सम्भवत उनको सम्वोधनमा यो विषयपछि समेटिने एमाले नेताहरु वताउँछन् । ओलीले सोमबारको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै एमसीसी संशोधन गरेर पास गर्नुपर्ने बताएका थिए ।
‘हामी त स्पष्ट छौं । हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव, बुद्धिजीवी र विज्ञहरुले दिएको सुझावका आधारमा जनताको भावनाअनुसार संशोधनसहित पास हुनुपर्छ। १६५ ले भोट हालेर बनेको सरकारले संसद्मा एमसीसी पेस भएको थाहा पाएको छैन कि क्या हो ? पास गर्ने कि फेल गर्ने भन्ने त त्यहीँ टेबुल गरे भयो त’– उनले भनेका थिए।
ओलीले देउवा नेतृत्वकै सरकारको पालामा एमसीसी सम्झौता भएको भए पनि अहिले एमालेलाई दोष दिएको भन्दै आपत्ति जनाए । ‘एमसीसीको सत्तारुढ दल बारेमा किन बोल्न नसकेको ? तपाईंहरुकै पालामा सम्झौता गरेको होइन ? १ सय ६५ को मतले विश्वासको मत लिएकै छ त पास गर्दा भइहाल्यो किन हामीलाई दोष ?’ उनले भने ।
ओलीले अहिलेको सरकार एमसीसीबारे किन मौन भनेर पनि प्रश्न गरेका छन् ।
यो पनि
चिनियाँ राजदूत यान्छी सुटुक्क उपेन्द्र यादव निवासमा (भिडियो सहित)