News

फ्यान्टासँगै फोहोर वेच्दै कोकाकोला कम्पनी !

फ्यान्टासँगै फोहोर वेच्दै कोकाकोला कम्पनी !

द कोकाकोला कम्पनिको उत्पादन फ्यान्टाको बोतलभित्र कालो पदार्थको गुथ्रिएको भेटिएको छ ।  कम्पनिले उत्पादन गर्दै आएको २५० एमएलको फ्यान्टाको बोतलभित्र उक्त कालो पदार्थको दाग भेटिएको हो । 


शुक्रबार अनामनगरको एक नास्ता पसलमा चितवनकी सरस्वती गौतम तिर्खाएर आईन् । सधैँ जसो फ्यान्टा पियर तिर्खा मेटाउने सरस्वतिले साहुनीसँग उसैगरी फ्यान्टा मागिन् । बोत्तलको विर्काे खोलेर फ्यान्टा गिलासमा खन्याउँदै गर्दा पिधमा कालो धब्बा जस्तो देखिन् । बोतल बाहिरबाट कुनै दाग लागेको होला भनेर नियालिन् । बाहिरबाट कुनै दाग थिएन । फ्यान्टाको बोतल भित्रनै फोहोर थुप्रिएको थियो ।

उनि भन्छिन्,  ‘त्यो देखेर उनले पसलमा नास्ता खाँदै गरेका अन्य व्यक्तिलाई र साउनीलाई सुनाईन । सबैजनाले हेरे । फोहोर पिधमा मात्रै थिएन । बोतलको मध्यभागमा पनि चिल्लो चिल्लो देखिने कालो पदार्थ गुथ्रिएको थियो । त्यसै फोहोर बोतलमा कोकाकोलाले केहिदिन पहिला मात्रै फ्यान्टा भरेर बजार पठाएको थियो ।’ 

नास्ता पसलकी सञ्चालकले नाम नखोल्ने शर्तमा भनेकीछन्, ‘हामीले केहिदिन पहिला मात्रै उक्त फ्यान्टाको अर्डर लिएका थियौँ । हाम्रो सानो नास्ता पसल भएकाले धेरै स्टक हुदैन । एकहप्ता भित्रै अर्डर गरेको सामान सकिन्छ । फ्यान्टा कम्पनिबाटै यस्तो बोत्तलमा आएको रहेछ । उहाँले खोलेपछि थाहा भयो ।’ 


आफ्नो पसलमा भएको अन्य फ्यान्टाको बोत्तलमा भने त्यस्तो फोहोर नभएको साहुनीको भनाई छ । उनले भनिन्, ‘हामीसँग भएका अन्य बोतलमा त्यस्तो छैन । एउटै बोतलमा त्यस्तो समस्या भेटिएको हो ।’


अनाम नगर मै व्यवशाय गरिरहेका प्रत्यक्षदर्शी निर्मल श्रेष्ठले पनि फ्यान्टाको बोतलभित्र  फोहोर जम्मा भएको बताए । उनि भन्छन्, ‘हामी पसलमै बसेका थियौँ । एउटा बहिनीले गिलासमा फ्यान्टा खन्याउँदा दाग देखिन् । सुरुमा त बाहिरबाटको होला भनेर सोच्यौँ तर भित्र नै फोहोर जम्मा भएको रहेछ ।’ 


फोहोर गुथ्रिएको फ्यान्टाको बोतल देख्दा कम्पनिप्रति विश्वास गुमेको श्रेष्ठ बताउँछन् । उनि भन्छन्, ‘एक त पुनः प्रयोग हुने सिसाका बोत्तलहरु स्वास्थका हिसाबले सुरक्षित हुँदैनन् । त्यसैमा यस्तो फोहोर थुप्रिएको देख्दा अझै विश्वास गुमेको छ । उपभोक्ताको स्वास्थमा खेलबाड गर्ने यस्ता कम्पनिहरुलाई कारबाही गर्नुपर्छ ।’


बजारमा भेटिने चिसो पेय पदार्थ स्वास्थ्यका दृष्टिकोणले राम्रो नहने विज्ञहरु बताउँछन् । कोकाकोला, पेप्सीकोला, फन्टा, मिरिण्डा, स्प्राईट र डियू, जस्ता शितलपेयको सेवनले पनिअम्लपित्त बढ्दछ। सफ्टड्रिङ्कले अम्लपित्त बढाउनुमा यसले पेट एवं अन्ननलीको भित्रीपत्रलाई जलाउने, तल्लो ईशोफजियल स्फीनेक्टरलाई शिथिल गराउने, र एसिड उत्पादनलाई बढाईदिने जस्ता कारणहरू पहिचानमा आएका छन ।


यस्ता पेयहरूमा प्रचूर मात्रमा चिनी हालिएको हुन्छ । एउटा २५० मिलीको यी पेयहरूमा २५ देखि ३० ग्राम सम्म चिनी वा कर्नसिरप हालिएको हुन्छ भने चिनीका अलावा, अल्कोहल, सिट्रिक अम्ल, फस्फोरिक अम्ल, बिसोफिनोल ए, बेञ्जिन लागाएतका भारी धातु जस्ता अन्य थुप्रै खाद्यरक्षक वस्तुहरू मिलाईएको हुन्छ । जसले गर्दा यूरिक एसिड बढ्दछ ।

उक्त नास्ता पसलमा भेटिएको फ्यान्टाको उत्पादन मिति २०७९ प्रिन्टेड छ । यसबारेमा द कोकाकोला कम्पनिका गुणस्तर विभागका आधिकारिक व्यक्ति डिबि गुरुगंसँग बुझ्दा बोतल खोलिएको हुनाले केही भन्न नसकिने बताए । उनि भन्छन्, फ्यान्टाको प्याक सिल नै भएको भए फिर्ता हुन्थ्यो । प्याक खोलिएको छ यसमा केहि जवाफदेखिता हुदैन । 

विशेष