News

ओलीको ब्यंग्य– प्रधानमन्त्री दिनभरी मन्त्रालय घुमेरै भ्याउनु हुन्न !

ओलीको ब्यंग्य– प्रधानमन्त्री दिनभरी मन्त्रालय घुमेरै भ्याउनु हुन्न !

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक महिनामा वितिसक्दा पनि सरकारलाई पुर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरवहादुर देउवा र सत्ता गठवन्धनको आलोचना गरेका छन् ।

आफैले दुई पटक विघटन गरेर सर्वोच्चद्वारा ब्यँतिएको प्रतिनिधि सभालाई सोमवार सम्वोधन गर्दै उनले  यसरी आलोचना गरेका हुन । ‘एक महिनामा त केही गर्न सक्नु भएन । सरकार पुर्ण भएको छैन, सवै मन्त्रालय आफैसँग राख्नु भएको छ’ उनले भने –‘मन्त्रालय दिनभरी घुमेर पनि भ्याउनु हुन्न।’

शुभकामना र वधाई आउने क्रम जारी रहेको र अरु १४÷१५ महिना यसरी नै चल्ने भन्दै सरकार यसैमा भुलेको उनको भनाई छ । सरकार परिवर्तन सत्ता गठबन्धनलाई दशैं आएजस्तै भएको भन्दै उनले ब्यंग्य गरे ।

‘सत्ता गठबन्धनका मित्रहरू असाध्यै हौसिनुभएको छ। केटाकेटी आँगनमा नाचेजस्तो नाच्नै ठिक्क’ उनले भने–‘एक महिनासम्म बधाई र शुभकामना खुब चलेको छ। दशैं आएजस्तै भएको छ।
 
एक महिनासम्म केही काम नगरेको सरकारले भूमि आयोग खारेज गरेकोमा उनले असन्तुष्टि जनाए। ‘सरकारले केही गरेको छ, भूमि आयोग बन्द गरेर घाँटी सेर्ने काम भएको छ,’ उनले भने। 

केपी शर्मा ओली शेरवहादुर देउवा

विशेष