News अपराध सुरक्षा

जीपमा हतियार वोकेर हिडेका सिकारी वडाध्यक्ष रङ्गेहात पक्राउ

जीपमा हतियार वोकेर हिडेका सिकारी वडाध्यक्ष रङ्गेहात पक्राउ

जीपमा हतियार वोकेर हिडेका एक वडाध्यक्ष सोमबार राति पक्राउ परेका छन् । कैलालीको कैलारी गाउँपालिका–९ का वडाध्यक्ष खेमराज चौधरीसहित दुई जनालाई हतियारसहित प्रहरीले पक्राउ गरेको हो ।

वन तथा वन्यजन्तुसम्बन्धी मुद्दामा मुछिएर महिनौं फरार भएका चौधरी यस पटक भने रङ्गेहात पक्राउ परेका हुन । कैलालीको गौरीगंगा नगरपालिका–९ शंकरपुर स्थित पूर्व–पश्चिम राजमार्गबाट धनगढी उपमहानगरपालिका– २ का ४६ वर्षीय मोहित साहले चलाइरहेको बा १७ च १३१२ नम्बरको जीप चेकजाँच गर्ने क्रममा हातहतियार फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले चालक साहसहित सोही जीपमा सवार कैलारी गाँउपालिका–९ का वडाध्यक्ष चौधरीलाई पक्राउ गरेको हो । जीपमा धनगढी उपमहानगरपालिका–१ का ४६ वर्षीय रुपक मल्ल र कैलारी गाउँपालिका–९ बस्ने वर्ष ३३ का योगेन्द्रबहादुर देउवा पनि सवार थिए ।

प्रहरीले साहको साथबाट १२ बोर एक थान, कार्टिज १ थान तथा वडाध्यक्ष चौधरीको साथबाट पोईन्ट टु टु १ थान र १० राउण्ड गोली बरामद गरेको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

दुवै जनामाथि हातहतियार खरखजाना शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धानका भइरहेको उनले बताए। 

वडाध्यक्ष पक्राउ कैलारी गाउँपालिका खेमराज चौधरी

विशेष