News

देउवालाई ओलीको प्रश्न : एमसीसी तपाईले गरेको होईन, न्युनतम साझा कार्यक्रममा खै ?

देउवालाई ओलीको प्रश्न : एमसीसी तपाईले गरेको होईन, न्युनतम साझा कार्यक्रममा खै ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय सत्ता गठवन्धनको न्यूनतम साझा कार्यक्रमको दफा–दफामा आलोचना गरेका छन् ।

प्रतिनिधि सभाको आजको वैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले गठवन्धनका साझा कार्यक्रम अमुर्त रुपमा आएको वताए । सरकार र गठवन्धन स्पष्ट रुपमा वोल्न डराएको पनि उनले आरोप लगाए ।

नेपाली कांग्रेसकै पालामा भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता एमसीसी सम्झौताका विषयमा साझा कार्यक्रममा एक शब्द पनि नवोलिएको भन्दै उनले आश्चर्य ब्यक्त गरे । न्यूनतम साझा कार्यक्रमको पुस्तिकाका पन्ना पल्टाई पल्टाई हेरेका उनले प्रधानमन्त्रीतर्फ इसारा गर्दै भने–‘खै यस्मा त कतै एमसीसीको वारेमा लेखेको मैले भेटिँन। तपाईले नै गरेको होईन यो सम्झौता ?’

‘सरकारको न्यूनतम साझा कार्यक्रम हेर्दा शब्दजाल बाहेक केही छैन । बोल्नुपर्ने विषयमा मौन छ । एमसीसीका बारेमा त्यसमा एक शब्द पनि छैन । एमसीसी ससद्मा छ । पास गर्ने कि फेल गर्ने भन्नेबारेमा वोल्नु पर्दैन ? उनले भने–‘एमसीसीका बारेमा जसले वार्ता गर्यो, जसले सम्झौता गर्यो– उहाँहरु अहिले सरकारमा हुनुहुन्छ । एमसीसी पारित हुन १३६ मत चाहिन्छ, तपाईहरुसँग १६५ मत छ। अव एमसीसी पास गर्ने की फेल गर्ने वोल्नु पर्दैन ?’

एमसीसी केपी शर्मा ओली

विशेष