News

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिप्पुलेक खै भन्दै संसदमा जंगिए केपी ओली

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा लिप्पुलेक खै भन्दै संसदमा जंगिए केपी ओली

प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संयुक्त सरकारले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको प्रस्तावना एमसिसि र लिप्पुलेक किन समावेश नगरेको भन्दै प्रश्न गरेकाछन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै ओलीले सदनमा यस्तो प्रश्न गरेकाहुन् । 'संयुक्त सरकारको विभिन्न निति कार्यक्रममा नेपाली काँग्रेसको अनुहार छैन । एमसिसि विर्सुनु भयो कि क्या हो? एमसिसि के गर्नुहुन्छ नेपाली जनताले जान्न चाहेको छ भन्नु परेन प्रधानमन्त्रि ज्यू? पास हुने कि त्यत्तिकै रहने?'  ओलीले प्रधानमन्त्रि देउबालाई प्रश्न गरे । 


ओलीले सम्बोधनमा लिम्पियाधुरा, कालापानी र लिप्पुलेकको प्रसंग पनि उठाएकाछन् । 'संयुक्त सरकारको विभिन्न निति कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिप्पुलेक बारेमा किन सम्बोधन गरिएन ? लिम्पियाधुरा, कालापानी र लिप्पुलेक समस्या हो भनेर अल्झाउन खोज्ने ? त्यो भु भाग हाम्रो हो भन्न पनि खुट्टा कमाउने कसले बनायो । हामी भन्छौँ त्यो भुमि हाम्रो हो हामी फिर्ता लिन्छौँ । तिन वर्ष पर्खनुहोस् ।' उनले भने ।

विशेष