News

लिपुलेक लिम्पीयाधुरा समस्या होईन, वार्ता गरेर फिर्ता लिनोस, नभए हामी छौंः ओली

लिपुलेक लिम्पीयाधुरा समस्या होईन, वार्ता गरेर फिर्ता लिनोस, नभए हामी छौंः ओली

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यूनतम साझा कार्यक्रम शब्दजाल वाहेक केहि नभएको वताएका छन् । प्रतिनिधि सभाको आजको वैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले गठवन्धनका साझा कार्यक्रम अमुर्त रुपमा आएको वताए ।

साझा कार्यक्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समस्याका रुपमा राखेर समाधान गर्ने भनिएकोमा उनले आपत्ति जनाए । ‘यो भुभाग हाम्रो अभिन्न र पवित्र भुभाग हो। समस्या होईन । हाम्रो भुभाग हो भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछौं भन्न किन डराएको ? उनले थपे–‘समस्या होईन त्यो, हाम्रो भुभाग हो । फिर्ता लिनोस। तपाईले सक्नु भएन भने डेढ वर्ष पर्खनोस, हामी छौं ।’

छिमेकीहरुसँगको सिमा समस्या टुङ्याईने भनिएको विषयमा पनि उनले उग्र आलोचना गरे । ‘छिमेकीहरुको समस्या कहाँ कहाँ छ ? जिव्रो पनि रगत आईसक्यो होला। चपाउँदा चपाउँदा । कति साह्रो डराएको यो सरकार ?’ उनले भने–‘ठोस रुपमा तोकेर केहि वोल्न सक्दैन ।’

असमान सन्धीहरुका वारेमा कुरा उठाएर कुन सन्धि हो भन्न पनि सरकार डराएको उनले आरोप लगाए । ‘कुन सन्धी हो त्यो लेख्न कस्ले रोक्यो’ भन्दै उनले प्रश्न गरे ।

लिपुलेक लिम्पीयाधुरा केपी शर्मा ओली

विशेष