क्यान्टोनमेन्ट र गौर घट्नाको छानविन गरेर देखाउन सरकारलाई ओलीको चुनौती
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई नेकपा माओवादीको समयमा भएको क्यान्टोन्मेन्ट र गौर घट्नाको छानविन गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको आजको वैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले यस्तो चुनौति दिएका हुन ।
पाँच दलिय सत्ता गठवन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमा अघिल्लो सरकारको पालामा भएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानविन र संलग्नलाई कारवाही गर्ने विषय उल्लेख गरेपछि त्यसको प्रतिकार गर्दै ओलीले यस्तो वताए ।
सरकारले भ्रष्टाचारको छानविन र कार्वाही गर्ने भनेकोमा आफुलाई खुसी लागेको ओलीले वताए । ‘क्यान्टोनेण्टको कुरा छन्, ललिता निवास, मातातिर्थ, सर्दु जलाधार क्षेत्रका पनि कुरा छन्’ उनले भने –‘त्यत्रो गौर घटना भयो । मान्छे मरेका छन्। त्यसका पीडितहरु के गरिरहेका छन् । त्यसको आयोजक को हो ? पक्कै पनि खोजी हुन्छ होला।’
छानविन र कारवाहीको कुरा पक्कै पनि कसैलाई धम्क्याउन ल्याएको होईन होला भन्दै उनले भने–‘भ्रष्टाचारको छानविन र कार्वाही हुनु सकारात्म पक्ष हो ।’
क्यान्टोनमेन्ट गौर घट्ना केपी शर्मा ओली