News

प्रचण्डलाई चुनौती– द्वन्द्व पीडितलाई न्याय दिन नसके एमाले कार्यालयमा पठाई दिनोस

प्रचण्डलाई चुनौती– द्वन्द्व पीडितलाई न्याय दिन नसके एमाले कार्यालयमा पठाई दिनोस

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व पीडितलाई सम्मान गर्ने भन्दै पाँच दलिय गठवन्धनले ल्याएको कार्यक्रमको आलोचना गरेका छन् ।

प्रतिनिधि सभाको आजको वैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले उनीहरुलाई सम्मान भन्दा न्याय चाहिएको वताए । 

उनीहरुलाई पहिला न्याय दिन उनले आग्रह गरे । ‘उनीहरुलाई पहिला न्याय दिनोस। तपाईले दुईटा दोसल्ला ओढाएर हुन्छ ?’ ओलीले थपे–‘घाईतेको उपचार र शरीरमा वोकेका गोली निकाल्छु भन्नोस न। यदि सरकारले सक्दैन भने एमालेका पार्टी कार्यालयमा पठाई दिनोस, हामी निकाल्छौं ।’

द्वन्द्व पीडितका लागि सरकारले केहि गर्न सक्दैन, सम्वन्धित पार्टीले केहि गर्न सक्दैन भने एमालेले गर्ने भन्दै उनले खुल्ला चुनौती दिए ।
 

केपी शर्मा ओली द्वन्द्व पीडित

विशेष