News

भ्रष्टाचार छानविनको विषय यस कारण हुँदैछ विपक्षी तर्साउने अस्त्र 

भ्रष्टाचार छानविनको विषय यस कारण हुँदैछ विपक्षी तर्साउने अस्त्र 

नेपालको राजनीतिमा पछिल्लो समय भ्रष्टाचार छानविनको विषयलाई विपक्षी तर्साउने अस्त्रका रुपमा लिन थालिएको छ । सरकारदेखि राजनीतिक दलका नेतासम्मले भ्रष्टाचारको छानविन गर्न माग गर्ने, कुरा उठाउने तर अधिकार पाउँदा केहि नगर्ने परम्पराको विकास भएको छ ।

पछिल्लो पटक सरकारी गठवन्धनले अघिल्लो सरकारका पालामा भएको स्वास्थ्य सामग्री खरिद घोटाला प्रकरणमा छानविन गर्ने र दोसीलाई कारवाही गर्ने वताएपछि यो विषय अझै चर्चामा छ। गठवन्धनको न्युनतम साझा कार्यक्रममा भ्रष्टाचारको छानविन र कारवाहीको विषय उल्लेख छ।

यो विषय सार्वजनिक हुने वित्तिकै नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले मंगलवार प्रतिनिधि सभामा समय लिएरै यस विषयमा आफनो धारणा राखे । ओलीले सरकारलाई नेकपा माओवादीको समयमा क्यान्टोन्मेन्टमा भएको भ्रष्टाचार र गौर घट्नाको छानविन गर्न चुनौती दिए। 

सरकारले भ्रष्टाचारको छानविन र कार्वाही गर्ने भनेकोमा आफुलाई खुसी लागेको उनले वताए। ‘क्यान्टोनेण्टको कुरा छन्, ललिता निवास, मातातिर्थ, सर्दु जलाधार क्षेत्रका पनि कुरा छन’ उनले भने –‘त्यत्रो गौर घटना भयो । मान्छे मरेका छन्। त्यसका पीडितहरु के गरिरहेका छन् । त्यसको आयोजक को हो ? पक्कै पनि खोजी हुन्छ होला।’

छानविन र कारवाहीको कुरा पक्कै पनि कसैलाई धम्क्याउन ल्याएको होईन होला भन्दै उनले भने–‘भ्रष्टाचारको छानविन र कार्वाही हुनु सकारात्म पक्ष हो ।’
 
यतिमात्र होइन, राष्ट्रियसभाका सांसद कोमल वलीले वुधवार ठुला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गरिन । राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गरिन ।

उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको भन्दै बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानविन गर्नुपर्ने बताईन ।

सांसद वलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदी नालाहरु बन्धक बनेको पनि बताईन। कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अरबौँ भ्रष्टाचार भएको पनि उनले उल्लेख गरिन। 

यति मात्र होईन, पछिल्लो समय भ्रष्टाचार विरोथी ठुलाठुला कुरा गर्ने तर, सम्वन्धित निकाय र सरोकारवाला चुप लागेर वस्ने गरेको पाईन्छ। छानविनका लागि अधिकार प्राप्त निकायले नै भ्रष्टाचारीलाई संरक्षण दिने परिपाटी विकास भएको भन्दै आलोचना हुने गरेका छन् ।

भ्रष्टाचार छानविन केपी शर्मा ओली कोमल वली

विशेष