News

उपराष्ट्रपति कार्यालयका नक्कली शाखा अधिकृत पक्राउ

उपराष्ट्रपति कार्यालयका नक्कली शाखा अधिकृत पक्राउ

आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि ठगी गर्ने व्यक्ति पक्राउ परेकाछन् । निजामती कर्मचारीको पोशाक समेत लगाएर उपराष्ट्रपति कार्यालय जस्तो गरिमामय संस्थाको नाम दुरुपयोग गर्दै ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाख काठमाडौले डोटीका कुशल भनिने केशवराज भट्टलाई बुधबार पक्राउ गरेको हो । 


उपराष्ट्रपति कार्यालयका नक्कली शाखा अधिकृत हुँ भन्दै भ्रम सिर्जना गरी बिभिन्न व्यक्तिहरुलाई ठगी गरिरहेको सूचनाको आधारमा भट्टलाई पक्राउ गरिएको प्रहरीले विज्ञप्तीमा जनाएको छ । 


डोटी केआईसिंह  गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल किर्तिपुर नगरपालिका वडा नं. ०७ काठमाडौं बस्ने बर्ष २६ को किशोर ÷ कुशल भट्ट भनिने केशवराज भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


पक्राउ परेका भट्टले यसअघि पनि २०७५ चैत्र २६ गते साइबर क्राइम  र ठगी व्यक्ति १ बर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तान गरिसकेको समेत उल्लेख गरेको छ । 

भट्टले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत् चिनजान गरि साथी बनि आफू परराष्ट्र मन्त्रालयको सह–सचिव समेत हुँ भनि विश्वासमा पारी ठगी गर्दै आएको समेत प्रहरीले उल्लेख गरेको छ ।

नक्कली शाखा अधिकृत पक्राउ

विशेष