News

भारतले ओलीसँग खस्याकखुसक गरेर नेपालको भुमी आफनो नक्सामा समेटेको त होईन ? : सांसद विडारी

भारतले ओलीसँग खस्याकखुसक गरेर नेपालको भुमी आफनो नक्सामा समेटेको त होईन ? : सांसद विडारी

राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग खस्याकखुसुक गरेर भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको हुन सक्ने आशंका गरेका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै बिडारीले यस्तो आशंका गरेका हुन । ‘भारतले नेपालको भूमि कहिले उसको नक्सामा हाल्यो । याद गरिराखौं कहिले हाल्यो ? अहिलेसम्म हाल्न सकेको थिएन’ उनले भने–‘जब ओली प्रधानमन्त्री हुनुभो ट्याक्क भारतले नेपालको जमिन उसको नक्सामा हाल्यो । त्यत्तिमात्र हो र ? नेपालको भुइँमा सडक बनाएर भारतको मन्त्रीले उद्घाटन गरÞ्यो । कहिले ? ओलीजीको पालामा । किन ग¥या रे ? खासाकखुसुक गरेर पो हो कि ! कुरा मिलाएर पो हो कि !’


सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का सांसद विडारीले एमसीसीलाई संसद्बाट पास गर्नैपर्ने संवैधानिक व्यवस्था नरहेको दाबी पनि गरे । 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मंगलवार प्रतिनिधिसभा बैठकमा ‘एमसीसी के गर्नुहुन्छ ?’ भनि प्रधानमन्त्री शेरबहादुर देउवालाई गरेको प्रश्न विडारीले दिए । उनले एमसीसी संसद्मा ल्याउनैपर्ने कारणबारे पूर्वप्रधानमन्त्री ओलीलाई पुष्टि गरेर देखाउन चुनौती दिए ।

‘एमसीसी संसद्मा किन ? यहाँ नेपालमा ल्याउनैपर्ने कारण के ? ओलीजीले पुष्टि गर्नुप¥यो नि ! सभामुखलाई अनेक प्रकारको लाञ्छना लगाएर एमसीसी सदनमा ल्याएन भनेर जुन प्रकारको हर्कत गरियो । त्यस कारणले मेरो प्रश्न छ, एमसीसी सदनमा आउनुपर्ने विषय हाम्रो संविधानले होइन ।’

रामनारायण बिडारी

विशेष