पावर शेयरिङमा कुरा नमिल्दा थला पर्यो एमाले, दुई अध्यक्ष अमान्य
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ‘पावर शेयरिङ’मा कुरा नमिल्दा नेकपा एमालेको पार्टी एकता अघि बढेको छैन। पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले असार २७ गते वुझाएको १० बुँदे सहमति पनि अलपत्र परेको छ।
अध्यक्ष ओलीले नेता नेपाललाई देशद्रोही र गद्दार भएको आरोप लगाउँदै आएका छन्। आफनै पार्टीको सरकार ढलाउन कांग्रेस सभापति शेरबहादुर देउवालाई संसदमा मतदान गरेको भन्दै ओलीले आक्रोश व्यक्त गर्दै आएका छन्।
नेता नेपालले भने लोकतन्त्र, संविधान र प्रतिनिधि सभा जोगाउन देउवालाई मतदान गर्नु परेको र आफुहरुको निर्णय सहि भएको दावी गर्दै आएका छन् । उनले पार्टी एकता गर्ने हो भने वरावरी हैसियतमा दुई अध्यक्षको ब्यवस्था गर्नुपर्ने वताउँदै आएको छ ।
अध्यक्ष ओली नेपाललाई दोस्रो अध्यक्ष दिन तयार भएपछि नेता नेपालको यो माग अघि आएको हो । तर, एमालेका महासचिव ईश्वर पोखरेलले भने नेपाल पक्षले भनेजस्तो पार्टीमा दुई अध्यक्षको व्यवस्था गर्न नसकिने दोहो¥याएका छन्।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा भएको एमाले स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महासचिव पोखरेलले नेपाललाई दोस्रो अध्यक्ष दिन नसकिने बताए।
तर, पार्टी एकताका लागि अझै पनि प्रयास जारी रहने उनले बताए। आजको बैठकमा पनि नेपाल पक्ष अनुपस्थित भएको थियो।