जलाउन ठिक पारेको शवको मुखमा भात देखेपछि मलामीद्वारा अस्पतालमा तोडफोड

ज्युँदो मान्छेलाई मरेको घोषणा गरेको भन्दै आईतवार वीरगञ्जको लिंकरोडस्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड गरिएको छ।
बिरामीका आफन्तजनले अस्पतालमा तोडफोड गर्दै चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका छन्। कुटपिटबाट डा. विजय महतो र अस्पतालकी नर्स बबिता चौधरी घाइते भएको अस्पताल प्रशासनले जनाएको छ।
यसैगरी तोडफोडका क्रममा फुटेको सिसा लागेर रौतहटको मौलापुर नगरपालिका ४ की बिरामी २७ वर्षीया सुमिता देवी घाइते भएकी छन्।
तोडफोडका क्रममा आफन्त र प्रहरीसँग केहि वेर सामान्य झडप समेत भएको थियो । तोडफोडमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। वीरगञ्ज महानगरपालिका–२० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओम प्रकाश खनालले जानकारी दिए।
अस्पतालको जाहेरीको आधारमा उनीहरूमाथि मुद्दा दायर गरेर कारबाही गर्ने खनालले बताएका छन् ।
मुटुको रोगी वीरगञ्ज उपमहानगरपालिका २० की ३२ वर्षीया रमितादेवीलाई उपचारका लागि आईतवार विहान भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर पुर्याईएको थियो । अस्पताल पुर्याउनासाथ रमीलाईलाई मृत घोषणा गरिएको थियो ।
दाहसंस्कारका लागि हिडेका आफन्तले पुनः शव फर्काएर अस्पताल पुर्याएपछि विवाद सुरु भएको थियो । अस्पताल प्रमुख रामराज श्रेष्ठका अन्तिम संस्कारका क्रममा मलामीले रमिताको मुखमा भात देखेपछि जिवितै रहेको भन्दै अस्पताल पुर्याएका थिए ।
दोस्रो पटक चेकजाँच गर्दा उनी मृत नै रहेको अस्पतालको दाबी छ।
वीरगञ्ज भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर अस्पतालमा तोडफोड