News राजनीति

आलोचकलाई भुस्याहा कुकुर भनेपछि लखेटिए वावुराम भट्टराई !

आलोचकलाई भुस्याहा कुकुर भनेपछि लखेटिए वावुराम भट्टराई !

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ गठवन्धन र सरकारको आलोचना गर्नेहरुलाई भुस्याहा कुकुर भन्दै गाली गरेका छन् । 

आईतवार सामाजिक सञ्लाल ट्वीटर मार्फत उनले यसरी गाली गरेका हुन । सांसदनै नभएका आफन्तलाई मन्त्री बनाउन खोजेको भन्दै आलोचना सुरु भएपछि उनले सामाजिक सञ्चालमा आक्रोस पोखेका हुन । 

आफ्नो पार्टी एकता भाँड्न चाहने तत्वहरूले गलत हल्ला फैलाएको दाबी गरेका उनले अरू केही निहुँ नपाएपछि आफूहरूले सांसदै नभएका आफन्तलाई मन्त्री बनाउन खोजेको भनेर झुटो प्रचार गरिरेको वताएका छन् ।

‘भुस्याहा कुकुर स्वर्ग पुगे पनि आची खोज्दै हिंड्छ रे ! वैकल्पिक शक्ति निर्माण र जसपाको एकता भककाड्न उद्यत तत्वहरूले अरू केही निहुँ नपाएपछि हामीले सांसद नभएका आफन्तलाई मन्त्री बनाउन खोज्दैछौं भन्ने झुटको बेलून उडाउन थालेछन’ उनले लेखेका छन्–‘झुटको भ्रममा नपर्न सबैसंग आग्रह! आकाशतिर फर्केर कसैले नथुकोस।’

डा. भट्टराईले आलोचकलाई तुच्छ शब्द प्रयोग गरेपनि सरकारमा नेताको आफन्त भएकै कारण मन्त्री वनेका भाग्यमानीहरुको संख्या ठुलो छ। राजनीतिक दलका नेताहरुले गर्दै आएका कृयाकलापलाई सच्याउन खोज्नुको सट्टा भट्टराई उल्टै जाई लागेका छन् ।

यो ट्वीटपछि उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले लखेटिरहेका छन्। गाली गर्नेको ओईरो लागेको छ। ट्वीटर प्रयोगकर्ता सुदर्शन खतिवडाले लेखेका छन्– ‘बन्ने पनि आफै हो, बनाउँदा खोजिने पारिवारको सदस्य नै हो! त्यो नभए निकट , निकट नभेटिए द्रब्य दिन सक्ने कन्टक! अभ्यास । नियुक्ती दुनियाँले देखेको बुझेको जानेको छ, डा साप! श्रीमतीको नाम उचाल्दिँदा तनाव भएको होला! गोर्खाका अरु पनि योग्य, काबिल, अपराध शून्य नागरिक पनि होलान नि त मन्त्री हुने।’


शंकर महतले लेखेका छन्–‘काम न काजका भुस्याहा कुकुरहरु बडी भुक्ने गर्छन् रे, भनेको जस्तो हजुरहरुको श्रीमतीपातीक ब्यबस्था ( ए साच्चै समानुपातिक ब्यबस्था हो क्यारे) भनेको नै आफन्त भर्ती केन्द्र होइन र ? होईन भने लौ त कुलमान घीरीङलाई उर्जा मन्त्री बनाए र देखाउनुहोस् ? छ नैतिकता, छ ताकत ? हामी पनि हेरौ ?’

‘भाषा हेर न भाषा । नेपालका बोर्ड फर्स्ट, जेएनयु का पिएचडि, माओवादिका शिर्षस्थ नेता र नेपाल का प्रधानमन्त्री भएको व्यक्तिको । ठुलो भएपछि यिनका नातिलाई देखाई दिनु पर्छ । थुईय्य.. मेरो देश...’ भन्दै सिटिजन नेपाल नामक ट्वीटरवाट लेखिएको छ भने रानाज्यू (हँसिलो) नामको 
ट्वीटर एकाण्टवाट ‘पुरै पागल भनौ भने घरी घरी होस मै कुरो गर्नुहुन्छ। अर्ध भनौ भने कहीले काही पागल झै कुरो गर्नुहुन्छ। के भनेर संबोधन गरौ म?’ भन्दै लेखिएको छ । 

अ कमन म्याले ‘आफैँ लुते कुकुर झैं यो पार्टी र उ पार्टी चाहार्दै हिंडेका छन, अरूलाई भुस्याहा कुकुर रे!!’ भन्दै लेखेका छन् भने तुल्सी गिरीले ‘तिमीहरुसँग स्वाभिमानी भुस्याहा कुकुरलाई दाँजेर कुकुरको अपमान नगर हो ।’ भन्दै कमेण्ट गरेका छन् ।

http://

 

वावुराम भट्टराई भुस्याहा कुकुर

विशेष