News

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए

लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले वुधवार राजिनामा दिएका छन् । अल्पमतमा परेपछि उनले राजिनामा दिएका हुन ।

आज अपरान्ह १ बजेबाट लुम्बिनी प्रदेशसभाको बैठक बस्ने भएपछि उनले त्यस अगावै राजिनामा दिएको जनाईएको छ । आजै वसेको लुम्बिनी एमाले संसदीय दलको बैठकको सहमति अनुसार१ बजेसम्म सर्वोच्च अदालतको अन्तरिम आदेश कुर्ने समझदारी भएको थियो ।

प्रदेशसभा सदस्य लिला गिरीले पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नमिल्ने दाबी गर्दै सर्वाेच्चमा दायर गरेको रिटको पेशी हिजो न्यायाधीश प्रकाशमान सिंह राउतको इजलाशमा पेशी चढेर हेर्न नभ्याइनेमा परेको थियो । सो रिटको पेशी आज न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा चढेको छ । उक्त रिट ८ नम्बरको इजलाशमा न्यायाधीश भट्टराईको एकल इजलासमा चढेको हो ।

मुख्यमन्त्री पोखरेलसँग राजीनामा दिने वा अविश्वासको प्रस्तावको सामना गर्ने दुई विकल्प वाँकी रहेपछि उनले राजिनामा रोजेको एमालेका नेताहरु वताउँछन् । 

आजै १ बजे विपक्षीले राखेको अविश्वासको प्रस्तावमाथि छलफल हुने भएकोले अल्पमतमा रहेका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने विकल्प चुनेका हुन ।

८० सांसद रहेको प्रदेश सभामा सरकार बनाउनका लागि ४१ सांसदको आवश्यक्ता पर्दछ । त्यहाँ एमालेका ३८ सांसद छन् भने कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका ४२ सांसद पोखरेलको विपक्षमा छन् ।

लुम्विनी प्रदेश शंकर पोखरेल राजिनामा

विशेष