News मनोरञ्जन

दिपक र दिपाको जोडि चलचित्र हल निर्माणमा व्यस्त,  कहाँ बन्दै छ चलचित्र हल?

दिपक र दिपाको जोडि चलचित्र हल निर्माणमा व्यस्त,  कहाँ बन्दै छ चलचित्र हल?

दिपकराज गिरी र दिपा श्री निरौला ‘तितो सत्य’ नामक हास्य प्रदान टेलिचलचित्र बन्द गरेर ठूलो पर्दाका सिनेमा निर्माणमा सक्रिय देखिएका थिए । ‘छक्का पञ्जा’बाट ठुलो पर्दामा प्रवेश गरेका दिपक र दिपाको जोडिले अब भने चलचित्र हल नै निर्माण गर्न लागेको छ । 


कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले राजधानीमा एउटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउने भएका छन् । नयाँ बानेश्वरस्थित शंखमुल रोडको एक घरमा उनीहरुले दुईवटा पर्दा सहितको हल निर्माण गरिरहेका छन् । जसको काम अहिले धमाधम भइरहेको दीपकराज गिरीले बताए ।


करिब ९ करोड अनुमानित लागतमा उनीहरुले हल निर्माण गर्न लागेका हुन् । दशैँसम्म सक्ने लक्ष्यका साथ निर्माण कार्य थालिएको हल चैत्रसम्ममा सकिने अनुमान गरिएको छ । ‘केही हल बन्द भएकाले सबैतिर हल बन्द भएको नेगेटिभ समाचार फैलिरहेको छ’ दीपकले भने, ‘सकारात्मक सन्देश पनि जाने र चलचित्रकर्मी भएको हिसाबले आफुले जानेको पेसा पनि यहि भएकोले हलमा लगानी गरिएको हो ।’ घरमा र टिभीमा फिल्म हेरेको भन्दा हलमा हेरेको आनन्द बेग्लै हुने भएकोले हलमा चलचित्र हेर्ने संस्कृतिलाई जिवितै राख्न समेत आफुले हललाई प्रथामिकता दिएको दीपकले सुनाए ।

दिपकराज गिरी र दिपा श्री निरौला

विशेष