News

हितेन्द्रलाई उर्जा आयोगमा सारेर कुलमानलाई ४ वर्षको नियुक्ति

हितेन्द्रलाई उर्जा आयोगमा सारेर कुलमानलाई ४ वर्षको नियुक्ति

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङले चार वर्षको नियुक्ति लिएका छन् । 

उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर घिसिङले नियुक्ति लिएका हुन । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । 

लोडसेडिङ अन्त्य गरेर लोकप्रिय भएका घिसिङले आफनो कार्यकालमा प्राधिकरणलाई नाफामा पुर्याएका थिए । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा ०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङलाई नियुक्त गरेको थियो ।

त्यसैले कार्यकाल सकिएपनि घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने भन्दै देशका कतिपय स्थानमा आन्दोलन समेत भएका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई छोडेर आफनै सालो हितेन्द्रदेव साक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेका थिए ।


ओली सरकारको बहिगर्मनपछि प्राधिकरणमा फेरि कुलमानकै प्रवेश भएको हो । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ । जसमा अर्थ मन्त्रालयको सहमति समेत लिइएको छ।

ऊर्जामन्त्री पम्फा भुसालले शाक्यलाई विशिष्ट श्रेणीको पूर्णकालीन सदस्यका रुपमा आयोगमा नियुक्त गर्ने प्रस्ताव गरेकी थिइन् । उनको प्रस्तावअनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो । 

कुलमान घिसिङ केपी शर्मा ओली हितेन्द्रदेव शाक्य नेपाल विद्युत प्राधिकरण

विशेष