गच्छदार भन्छन्– म जस्ता निर्दोसलाई फसाउने संविधान संसोधन गर्नु पर्छ
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफुजस्ता निर्दोसलाई फसाउन नमिल्ने गरी संविधान संसोधन गर्नु पर्ने र त्यसको नेतृत्व कांग्रेसले गर्नु पर्ने जनाएका छन् ।
बुधबार विश्व आदिवासी दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा वोल्दै गच्छदारले संविधानमा रहेका त्रुटिका कारण आफुलाई फसाईएको आरोप लगाउँदै त्यो त्रुटि सच्याउनु पर्ने वताएका हुन ।
बालुवाटारको ललिता निवास प्रकरणमा आफनो नाम जोडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुश्मनी साँधेको वताएका उनले आफ्नो ५० वर्षे राजनीतिक इतिहास समाप्त पार्ने गरी षड्यन्त्र भएको आरोप लगाए ।
संविधान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याउने आफूमाथि संविधानकै आडमा दुश्मनी साँध्ने काम राज्यले गरेको वताएका उनले त्यस विषयमा आफुलाई थाहा नै नभएको पनि दाबी गरे। ‘मलाई तह लगाउने नाममा अख्तियार लगाइयो । मेरो राजनीतिक जीवनलाई समाप्त पार्न खोजियो। यी सब काम संविधान, कानुनको आडमै गरिएको हुनाले यसमा रहेको त्रुटि सच्याउने काम नेपाली कांग्रेसले गर्नुपर्छ। आदिवासी, जनजातिका छोरालाई फसाउने संविधानका ती प्रावधान हटाउनु पर्छ’– उनले भने ।
‘तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँढ्छ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो?’ उनले प्रश्न गरे–‘त्यो दायित्व भूमि सम्बन्धी मन्त्रालयको होइन र? तर, राज्यले मलाई तह लगाउने नाममा ललिता निवास जग्गा प्रकरणमा फसायो।’
यो पनि
डेढ वर्ष कहाँ लुलेका थिए गच्छदार, देउवा जागेपछि फुत्त निस्किए ?
देउवा प्रधानमन्त्री भएपछि ‘फरार’ गच्छदार अदालतमा हाजिर
विजयकुमार गच्छदार विशेष अदालत संविधान संसोधन ललिता निवास जग्गा प्रकरण