राजिनामा दिएका पोखरेल विरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश

लम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिएपनि उनी विरुद्धको अविश्वासको प्रस्ताव प्रदेश सभाको विशेष अधिवेशनमा पेश भएको छ।
पोखरेलले दिएको राजीनामा प्राप्त नभएको भन्दै लुम्बिनी प्रदेश सभाको बुधबार दिउँसो बसेको बैठकमा अविश्वासको प्रस्ताव पेश भएको हो । प्रदेश सभाको बैठकमा सत्तारुढ नेकपा एमाले भने अनुपस्थित छ।
सभामुख पूर्णबहादुर घर्तीका अनुसार मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा प्राप्त नभएपछि विशेष अधिवेशनमा विपक्षी गठबन्धनबाट कांग्रेसका वीरेन्द्र कुमार कनौडिया प्रस्तावक र जनता समाजवादी पार्टी (जसपा)का सहसराम यादव समर्थकमा अविश्वासको प्रस्ताव पेश भएको हो।
प्रदेश सभामा जम्मा ८० जना सांसद छन्। भएको छ। जसमा एमालेका ३८ र कांग्रेस, माओवादी, जसपासहित राष्ट्रिय जनमोर्चाका पक्षमा ४१ सांसद छन् ।
यो पनि
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए
लुम्विनी प्रदेश शंकर पोखरेल राजिनामा