News

ओलीका साईवर सेनापतिले दिए पदवाट राजिनामा

ओलीका साईवर सेनापतिले दिए पदवाट राजिनामा

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भट्टराईले राजीनामापत्र बुझाएका हुन ।

भट्टराईलाई वर्तमान सरकारले ‘आचरण विपरित काम गरेको आरोपमा स्पष्टीकरण सोधेको थियो । तर, उनले स्पष्टिकरण नदिने वताउँदै आएका थिए । 

उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति गरेको थियो । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेर लेख्ने र ओलीको आलोचना गर्नेहरुमाथि सामाजिक सञ्जालमै जाइलाग्ने गर्दै आइरहेका थिए । 

गुरु भट्टराई तिनै ब्यक्ति हुन जस्ले फेसबुकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ का बारेमा तथानाम र ब्यक्तिगत मानहानी गर्ने पोष्टहरु शेयर गर्ने गरेका थिए ।

भट्टराईले पत्रकार किशोर श्रेष्ठलाई पनि अनर्गल गालि गरेका थिए । सरकारी पदमा बसेर सामाजिक सञ्जालमा मनपरी लेख्ने गरेकै कारण अधिकांशले उनलाई साईबर सेनाका सेनापती  भनेर चिन्ने गर्थे । 

यो पनि

ओलीका साइवर सेनापतिलाई देउवा सरकारले सोध्यो स्पष्टीकरण !

ओलीका हनुमानद्वारा पत्रकार श्रेष्ठमाथि प्रचण्डको जुम्रा र धन लुकाउने सारथी भएको आरोप

गुरु भट्टराई साइवर सेना रेलवे विभाग

विशेष