News

देउवालाई निधिको प्रश्न– साझा न्यूनतम कार्यक्रममा एमसीसी किन समेटिएन ?

देउवालाई निधिको प्रश्न– साझा न्यूनतम कार्यक्रममा एमसीसी किन समेटिएन ?

नेपाली काँग्रेसका उपसभापति विमेन्द्र निधिले ‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन ?’ भन्दै प्रधानमन्त्री एवम पार्टी सभापति शेरवहादुर देउवालाई प्रश्न गरेका छन् ।

संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा निधिको देउवालाई यसरी प्रश्न गरेका हुन । जवाफमा देउवाले भने माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाललाई अखानो देखाएका छन्। एमसीसीका वारेमा कार्यक्रममा राख्न खोजेपनि प्रचण्डले नमालेको उनले वताए ।

निधिले भने पार्टीले गरेको स्थलगत रिपोर्टको प्रतिवेदनले चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएकाले यसबारे बोल्नुपर्नेमा जोड दिएपछि काँग्रेस नेता जीवनबहादुर शाहीले चीनले सीमा मिचिएको तथ्य झुटो सावित भए राजनीति छोड्ने बताए । तर देउवा भने यसबाट पन्छिने प्रयास लागेको एक नेताले जानकारी दिए ।

प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आएका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा थिएनन् । 

गत मंगलवार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको न्युनतम साझा कार्यक्रममा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषय नसमेटिएको विषयमा आलोचना गरेका थिए ।

नेपाली कांग्रेसकै पालामा भएको एमसीसी सम्झौताका विषयमा साझा कार्यक्रममा एक शब्द पनि नवोलिएको भन्दै उनले आश्चर्य ब्यक्त गरेका थिए । न्यूनतम साझा कार्यक्रमको पुस्तिकाका पन्ना पल्टाई पल्टाई हेरेका उनले प्रधानमन्त्रीतर्फ इसारा गर्दै भनेका थिए–‘खै यस्मा त कतै एमसीसीको वारेमा लेखेको मैले भेटिँन। तपाईले नै गरेको होईन यो सम्झौता ? अव जनता जान्न चाहान्छन् के हुन्छ एमसीसी ? वताई दिनोस प्रधानमन्त्री ज्यू।’

ओलीका नजरमा सरकारको ‘साझा कार्यक्रम’ : स्वार्थहरु जोडेर भागशान्ति जय नेपाल !

देउवालाई ओलीको प्रश्न : एमसीसी तपाईले गरेको होईन, न्युनतम साझा कार्यक्रममा खै ?

 

नेपाली काँग्रेस एमसीसी शेरवहादुर देउवा विमेन्द्र निधि साझा न्यूनतम कार्यक्रम

विशेष