सि.के. राउतको पार्टीका केन्द्रिय उपाध्यक्ष जबजस्ती करणी आरोपमा पक्राउ

सि.के. राउतको पार्टीका केन्द्रिय उपाध्यक्ष जबजस्ती करणी आरोपमा पक्राउ

सि.के. राउत नेतृत्वको जनमत पार्टीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् । 

स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबरजस्ती करणी उद्योग गरेको भन्दै उजुरी दिएपछि शुक्ला पक्राउ परेका हुन् । उजुरीका आधारमा शुक्लालाई बिहीबार दिउँसो २ बजे पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

२०७३ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट गाउँपालिका अध्यक्षमा उम्मेद्वारी दिएका शुक्ला  सि.के. राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेर केन्द्रिय उपाध्यक्ष समेत रहेका थिए । उनी पटक-पटक पार्टी परिवर्तन गर्दै आएका थिए ।  फोरम लोकतान्त्रिक नेपाली काङ्ग्रेसमा समाहित भएपछि नेकपामा प्रवेश गरेका शुक्ला गत वर्षको असोजमा सि.के. रावतको पार्टीमा पुगेका हुन् । 
 

जबरजस्ती करणी पक्राउ अध्यक्ष जितेन्द्रनाथ शुक्ला

संम्बधित खबर

विशेष