News

केपी ओलीलाई मात्रिका यादवले संसदमै भने ‘मेन्टल्ली डिसअर्डर’

केपी ओलीलाई मात्रिका यादवले संसदमै भने ‘मेन्टल्ली डिसअर्डर’

नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ‘मेन्टल्ली डिसअर्डर’ भन्दै पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको वैठकमै अपमानित गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा सांसद यादवले ओली ‘मेन्टल्ली र फिजिकल्ली ठिक नभएको’ वताएका हुन ।

पुर्वमन्त्री समेत रहेका यादवले ओली मानसिक तथा शारीरिक रूपमा ठिक नभएको बताउँदै आफूखुसी काम गर्न रोक लगाएपछि वर्तमान सरकारलाई परमादेशको सरकार भनी टिप्पणी गरेको वताए।

‘मैले एउटै पार्टी हुँदा स्थायी समितिको बैठकमा नै भनेको थिएँ । कमरेडहरू उहाँ मेन्टल्ली पनि ठिक हुनुहुन्न । फिजिकल्ली पनि ठिक हुनुहुन्न । त्यसैले कुनै बेला पनि दुर्घटना हुनसक्छ । यो जिम्मेवारी किन बोकाउनुहुन्छ ?’ उनले भनेका छन्–‘उहाँलाई अन्याय किन गर्नुहुन्छ ? म एमालेका माननीय मित्रहरूलाई के भन्न चाहन्छु भने जहाज उडाउने क्याप्टेनहरूको मेडिकल चेक हुन्छ । देशकै जहाज उडाउन दिएपछि दुर्घटना हुँदैन ? पार्टीकै जहाज उडाउन दियो भने दुर्घटना हुँदैन ?’

यादवले परमादेशबाट संसद् ब्युँताएको भनेर लाग्ने सबैलाई राजीनामा गर्न र चुनाव जितेर आउन पनि भनेका छन्।

‘यो हाउसमा हामी परमादेशबाट होइन जनादेशबाट आएका हौ । जनादेशकै आधारमा संविधान बनेको हो । संविधानले दिएको अधिकार उचित र अनुचित ढंगले प्रयोग गर्ने कुरामा विवाद भएको हो’ उनले भने–‘पूर्व प्रधानमन्त्री माननीय केपी शर्मा ओली जीलाई म के आग्रह गर्न चाहन्छु भने यो हाउसमा नआई राजीनामा दिए हुन्छ । चुनाव लडेर आए भईगो नि त । परमादेशबाट आएको छ भन्ने जो जोलाई लागेको छ राजीनामा दिए हुन्छ । परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने ?’

यता नेकपा एमालेका सांसद विशाल भट्टराईले ओलीलाई ‘मेन्टल्ली डिसअर्डर’ भनेको विषयमा आपत्ति जनाएका छन् । मर्यादित र सम्मानित सदनमा अमर्यादित र संसद्लाई नसुहाउने अभिव्यक्तिहरू आफूहरूका लागि गम्भीर आपत्तीजनक भएको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए । 

‘मेन्टल्ली डिसअर्डर भएकोजस्ता अभिव्यक्तिहरू पटकपटक दोहोर्याएर भन्नुभयो । म प्रश्न गर्न चाहन्छु । त्यो भन्ने अधिकार उहाँलाई कहाँबाट छ ? उहाँसँग के प्रमाण छ ? के तथ्यका आधारमा उहाँले यो भन्दैै हुनुहुन्छ ? यो महत्वपुर्ण निकायमा अमर्यादित खालका र संसद्लाई नसुहाउने अभिव्यक्तिहरू हाम्रा लागि गम्भीर आपत्तीजनक छ’ उनले भने–‘यो रेकर्डबाट हटाईयोस् । अन्यथा नेकपा एमाले यो कुरालाई कुनै हालतमा पनि सहँदैन भन्ने कुरा सभामुखमार्फत् जानकारी गराउन चाहन्छु।’

नेकपा माओवादी केन्द्र मातृका यादव नेकपा एमाले केपी शर्मा ओली मेन्टल्ली डिसअर्डर

विशेष