News

प्रहरीले राष्ट्र संघीय मिशनका लागि लिएको परिक्षा रद्ध

प्रहरीले राष्ट्र संघीय मिशनका लागि लिएको परिक्षा रद्ध

राष्ट्र संघीय मिशनमा पठाउनुअघि लिएको पूर्वपरीक्षा नेपाल प्रहरीले आज रद्ध गरेको छ । प्रश्नपत्र बाहिरिएपछि प्रहरीले सो परिक्षा रद्ध गरेको हो । प्रहरी प्रधान कार्यालयले विहिवार मातहतका कार्यालयलाई उक्त परीक्षा रद्द भएको व्यहोराको जानकारी पठाएको छ।

‘पुनः परीक्षा सञ्चालन सम्बन्धी मिति तय भए पश्चात जानकारी गराइने हुँदा उक्त परीक्षामा सहभागी हुने प्रहरी कर्मचारीहरुलाई तयारी हालतमा राख्नुहुन’– भन्दै मातहतका कार्यालयलाई जानकारी गराईएको छ।

गत साउन १५ र १६ गते प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयहरुमा सञ्चालन भएको परिक्षाको प्रश्न पत्र बाहिरिएको थियो । सो घट्नापछि प्रहरीले सञ्चालन गर्ने परीक्षाको विश्वसनियतामाथि प्रनि प्रश्न उठेका छ ।

विदेशका कुनै पनि मिशनमा पठाउनुअघि प्रहरीमा आन्तरिक छनौटको निम्ति परीक्षा लिनुपर्ने प्रावधान छ । राष्ट्र संघले पछिल्लो पटक नेपाललाई मिशनको निम्ति उपलब्ध गराएको २ सय ७० वटा कोटाको लागि उक्त परीक्षा लिइएको बताइन्छ । जसमा २ हजार ३ सय जना प्रहरी सहभागी भएका थिए ।

आन्तरिक छनौटमा उतीर्ण भएका उम्मेदवारलाई पछि राष्ट्रसंघका प्रतिनिधि नै उपस्थित भएर परीक्षा लिने गरिन्छ । साउन दोस्रो साता भएको उक्त परीक्षा प्रारम्भिक टेस्ट मात्रै हो । जहाँ प्रारम्भमै अनियमितताको प्रयास भएको थियो ।

परीक्षा अगावै प्रश्नपत्र लिक भएपछि हंगामा भएको थियो । यसअघि प्रश्नपत्र चुहिएर अन्तर्राष्ट्रिय रुपमा वदनामी भएपछि प्रहरीले छानबिन समिति गठन गरेको थियो ।

नेपाल प्रहरी राष्ट्र संघीय मिशन परीक्षा रद्द प्रश्न पत्र

विशेष