News राजनीति

माओवादी, जसपा र माधव नेपालसहितको 'समाजबादी पार्टी' वनाउन कसरत 

माओवादी, जसपा र माधव नेपालसहितको 'समाजबादी पार्टी' वनाउन कसरत 

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको अकर्मन्यता, असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादी कदम विरुद्ध सुरु भएको राजनीतिक गठवन्धनमा रहेका केहि दलहरुको एकिकरण प्रयास सुरु भएको छ।

यसअघि वृहत कम्युनिष्ट मोर्चा वनाउने भन्दै तयारीमा लागेका माओवादी केन्द्रलगायतका नेताहरु पछिल्लो समयमा माओवादी केन्द्र, जसपा, माधब पक्षको एमालेसहित समाजबादी पार्टी निर्माणको प्रयासमा जुटेका हुन । 

न्युनतम कुराहरुमा सहमति वनेपछि पाँच सदस्यिय अध्यक्ष मण्डल वनाएर वाँकी काम पुरा गर्ने गरी सामान्य सहमति वनेको एक नेताले वताए । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको सम्भावना कम हुँदै गएपछि वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपालले पनि गठवन्धनमा भएका दलहरुसँग सहयात्रा गर्ने सोच वनाएको श्रोतको दावी छ।

पुस्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव र वावुराम भट्टराई रहेको ५ सदस्यिय अध्यक्ष मण्डल वनाउने गरी सहमति जुटिसकेको नेताहरु वताउँछन् । एकताको मोड़ालिटीबारे छलफल जारी छ। 

श्रोतका अनुसार सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको नेतृत्वमा सकार वन्नुलाई केपी ओली प्रवृत्तिको अन्त्य भएको र राजनीति ट्रयाकमा आएको नेताहरुले महसुस गरेका छन् । त्यसैले आगामी दिनमा पनि राजनीतिलाई कसरी आफु अनुकुल हिडाउन सकिन्छ भन्नेमा नेताहरु तयारीमा जुटेको वताईन्छ। 

आगामी निर्वाचनसम्ममा सके पार्टी एकता गर्ने, नसके गठबन्धन वनाएर जाने कुरामा भने नेताहरु एक मत देखिएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

यसअघि ओलीबाहेकका कम्युनिस्टहरुको गठबन्धन बनाएर त्यसको नाम समाजवादी केन्द्र राख्ने र नेता माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव प्रचण्डले अघाडि वढाएका थिए । ओलीसँग खास भरोसा पनि नभएको र गठबन्धनमा अलि धेरै भाउ भएका नेता नेपाल पार्टी एकता भन्दा पनि सानो भए पनि अर्काे पार्टी गठन गर्ने सोचमा छन् ।

यहि समाजवादी केन्द्रको सोच परिमार्जन हुँदै अहिले पार्टी एकता गर्ने चरणमा पुगेर छलफल चलिरहेको श्रोत वताउँछन् । एक नेताले भने ‘शिर्ष नेताहरु प्रत्यक्ष/अप्रत्यक्ष रुपमा छलफलमा हुनुहुन्छ। एकिकरणको मोडालिटी तयार गरेर त्यसपछि वाँकी कुराहरु अगाडि वढाउने कुरा भएको छ। केहि दिनभित्रै नेपाली जनताले नयाँ कुराको जानकारी पाउने छन्।’

यो पनि

यस कारण पार्टी एकता चाहँदैनन् माधव नेपाल

पुस्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल झलनाथ खनाल उपेन्द्र यादव वावुराम भट्टराई एकिकरण

विशेष