News

पूर्वमन्त्री त्रिपाठीको दावी – कात्तिक/मंसिरमा फेरि प्रतिनिधि सभा विघटन हुन्छ

पूर्वमन्त्री त्रिपाठीको दावी – कात्तिक/मंसिरमा फेरि प्रतिनिधि सभा विघटन हुन्छ

पूर्वमन्त्री हृदयेश त्रिपाठीले कात्तिक/मंसिरमा फेरि प्रतिनिधिसभा विघटन हुने दाबी गरेका छन्। शुक्रवार नवलपरासीमा आयोजित एक कार्यक्रममा उनले यस्तो दावी गरेका हुन ।

स्वतन्त्र राजनीतिक समूहका संयोजकसमेत रहेका त्रिपाठीले नेपाली कांग्रेसको महाधिवेशन सकिए लगत्तै संसद् विघटन हुने र वैशाखमा मध्यावधि निर्वाचन हुने सूचना पाएको दावी गरे ।

‘धेरैबेर सरकार चलाइयो भने अलोकप्रिय भइन्छ भन्ने कांग्रेसलाई थाहा छ, त्यसैले उसले पनि संसद् विघटन प्रक्रिया शुरु गर्ला,’ उनले भने, “कात्तिक–मंसिरमा संसद् विघटन गराएर वैशाखमा चुनाव गराउने भित्री योजना छ।’

त्रिपाठीले सरकारको विषयमा टिप्पणी गर्ने बेला भने नभएको बताए। एक सय दिनसम्म ‘हनिमुन अवधि’ पुरा गर्न दिनुपर्ने उनको भनाइ छ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस ०७७ र ८ जेठ ०७८ मा गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले उल्ट्याएको थियो। उनी एमाले अध्यक्ष ओली नेतृत्वको सरकारमा मन्त्री थिए।
 

हृदयेश त्रिपाठी प्रतिनिधिसभा विघटन

विशेष