News विदेश Breaking News राजनीति

पाकिस्तानको हिन्दु मन्दिरमाथिको आक्रमण अमानवीय र अस्वीकार्य : अल्ताफ हुसेन

पाकिस्तानको हिन्दु मन्दिरमाथिको आक्रमण अमानवीय र अस्वीकार्य : अल्ताफ हुसेन

लन्डन ।  मुत्तहिदा कौमी मूभमेन्ट (एमक्यूए) पार्टीका संस्थापक अल्ताफ हुसेनले पाकिस्तानको पञ्जाब प्रान्तको रहिम यार खानमा रहेको हिन्दू मन्दिरमा भएको आक्रमण र तोडफोडको कडा निन्दा गरेका छन् ।

बेलायतमा निवार्सित जीवन बिताइरहेका हुसेनले ट्विटरमा एक वक्तव्य जारी गर्दै केही दिन अघि पञ्जाब प्रान्तको फैसलाबाद शहरमा अहमदी को पूजा स्थलमा अपमानजनक गतिविधि भएको र पछिल्लो समय हिन्दु मन्दिरमा तोडफोड भएको कुराले चिन्तित बनाएको जनाएका छन् । 

पञ्जाब प्रान्तको रहीम यार खान जिल्लाको भोंग गाउँमा चरमपन्थी तत्वहरुको भीडले हिन्दु मन्दिरमा हमला गरि तोडफोड गरेको घटना निकै अमानवीय भएको उनले जनाएका छन् । मन्दिरमात्र तोडफोड नभएर मूर्तिहरुको पनि अपमान गरिएको र देवीदेवताहरुको पोस्टर अतिवादी तत्वहरु द्वारा जलाइएको जनाइएको छ । 

अल्ताफ हुसेनले यस घटनाको कडा निन्दा गरेका छन् र यो घटना अस्वीकार्य, गैरइस्लामिक, अमानवीय, अनैतिक, गैरकानुनी र असंवैधानिक कार्य भएको जनाएका छन् । 

हुसेनले सबै धार्मिक चरमपन्थी समूह पाकिस्तानी सेना र यसको गुप्तचर एजेन्सी (आईएसआई) ले निर्माण गरेको र यसलाई नियन्त्रण गर्न कुनै पहल नगरेको आरोप लगाएका छन् ।  उनले पाकिस्तान सबै गैरमुस्लिम अल्पसंख्यकहरु र पाकिस्तानको अन्य उत्पीडित राष्ट्रहरुको लागी मृत्यु स्थल जस्तै बनेकोसमेत टिप्पणी गरेका छन् । 

विशेष