News

प्रधानमन्त्री निवास घेर्न गएका शिक्षकलाई प्रहरीले भ्यानमा कोचेर थुनामा लग्यो

प्रधानमन्त्री निवास घेर्न गएका शिक्षकलाई प्रहरीले भ्यानमा कोचेर थुनामा लग्यो

विभिन्न माग राख्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिन लागेका शिक्षकहरुलाई प्रहरीले टंगालबाट पक्राउ गरेको छ । उनीहरु टंगाल माध्यमिक विद्यालयमा भेला भएर प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्न जाने तयारीमा थिए । त्यतिनै बेला प्रहरीको टोली पुगेर उनीहरुलाई पक्राउ गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भेला भई १० बजेदेखि १ बजेसम्म धर्ना दिने उनीहरुको कार्यक्रम थियो ।

 

पक्राउ परेका शिक्षकहरुलाई यतिवेला कमलपोखरीमा राखिएको छ । गुणस्तरीय शिक्षाको लागि राज्यले कूल बजेटको २० प्रतिशत लगानी गर्नुपर्ने, राष्ट्रिय शिक्षा ऐन जारी गर्नुपर्ने, संवैधानिक प्रवन्धमा परिवर्तन गर्नुपर्ने, नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ३० बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, प्रारम्भिक बाल कक्षाका शिक्षक र विद्यालय कर्मचारीको तलब बढाउनुपर्ने लगायतका १४ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले गत बैशाखदेखि चरणबद्घ आन्दोलन गर्दै आएको छ ।

विशेष