News

भारतीय कम्पनी कोंकणद्वारा रेल सञ्चालन सम्झौता तोड्ने चेतावनी

भारतीय कम्पनी कोंकणद्वारा रेल सञ्चालन सम्झौता तोड्ने चेतावनी

नेपालले रेल सञ्चालनका लागि आफुसँग गरेको सम्झौता कार्यान्वयनमा समस्या देखिएको भन्दै भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौता तोड्ने संकेत देखाएको छ ।

नेपाल रेलवे कम्पनीका महाप्रबन्धकसहित सरोकारवाला निकायलाई कोंकणले वुधवार पठाएको पत्रमा कुर्था–जयनगर रेल सञ्चालनमा ढिलाइ भएको र सम्झौता कार्यान्वयनमा पनि चासो नदेखाएको जनाउँदै सम्झौताबाट बाहिरिने संकेत दिएको हो ।

सम्झौता अनुसार नेपालले वार्षिक ३५ करोड रुपैयाँ दिने र त्यसमध्ये अग्रिम रुपमा २० प्रतिशत रकम वुझाउनु पर्ने उल्लेख छ। यसैगरी आवश्यकमध्ये २६ जनशक्ति नेपाललाई कम्पनीबाट बेहोर्ने उल्लेख छ । मे २१, २०२१ मा नेपाल रेलवे कम्पनी र भारतीय रेल्वे कम्पनीबीच सम्झौता भएको पाँच महिना वितिसक्दा पनि अग्रिम रुपमा दिनुपर्ने २० प्रतिशत रकम भुक्तानी नदिएको जनाईएको छ ।

तर कम्पनीले सम्झौता बमोजिम भुक्तानी पठाउने तयारी गर्दा कम्पनीका महाप्रबन्धकलाई स्पष्टीकरण सोधेकाले भुक्तानी गर्न नसकिएको बुधबारमात्र राजीनामा दिएका महाप्रबन्धक गुरु भट्टराईले बताएका थिए । 

यसैगरी,  नेपालमा रेल सञ्चालनको लागि अनिश्चितता देखिएको र लामो समय हुँदा पनि सञ्चालनमा लागि प्रकृया अगाडि बढ्न नसकेको बताउँदै पत्रमा रेल सञ्चालनको लागि गरिएको सम्झौताअनुसार अबका दिनमा सोही दरमा रेल सञ्चालन गर्न नसकिने पत्रमा उल्लेख गरेको छ । भारतीय रेल्वे कम्पनीले नेपालमा ल्याउने विज्ञलाई पनि लामो समय भूमिकाविहीन बनाएर राख्न नसकिने बताएको छ ।

कम्पनीले जनवरी १९ मा रेलको डेमो सञ्चालनको लागि प्रस्ताव गरेको थियो । नेपाली कम्पनीले व्यावसायिक मर्मतको लागि प्रस्ताव गरेको थियो । नेपाल रेल्वे र विभाग मिलेर भारतको रेल्व कम्पनीलाई कम रेटमा रेल सञ्चालन गर्ने सुझाउँदै सम्झौता गर्न दबाब दिएको र कम दरमा सम्झौता भएको जनाएको छ ।
 
नेपालले रेल सञ्चालनका लागि १० महिना अघि करिब ८५ करोड खर्चेर दुई थान रेलको डब्बा खरिद गरेको थियो तर प्रकृयागत ढिलाइका कारण अझै सञ्चालनमा आएको छैन ।

सम्झौता कोंकण रेलवे कर्पोरेसन लिमिटेड

विशेष