ओलीलाई 'मेन्टल्ली डिसअर्डर' भनेको रकेर्ड हटाउन सभामुखको निर्देशन

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोलिएको ‘मेन्टल्ली’, ‘फिजिकल्ली’ डिसअर्डर भन्ने शब्दलाई संसद सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले हिजोको बैठकमा सत्तापक्षीय एक जना सांसदले अर्को प्रतिपक्षी दलका सांसदलाई अमर्यादित र असंसदीय शब्द बालेको भन्दै त्यसलाई संसदको रेकर्डबाट हटाउन माग गरेका थिए ।
हिजोको बैठकमा विशेष समयमा बोल्दै नेकपा(माओवादी केन्द्र)का सांसद मातृकाप्रसाद यादवले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली ‘मेन्टल्ली र फिजिकल्ली’ अस्वस्थ भएकाले नै मुलुकलाई दुर्घटना तर्फ उन्मुख गराएको आरोप लगाएका थिए ।
नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले ‘मेन्टल्ली डिसअर्डर’ भन्दै पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको वैठकमै अपमानित गरेका थिए ।
बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा सांसद यादवले ओली ‘मेन्टल्ली र फिजिकल्ली ठिक नभएको’ वताएका हुन ।
पुर्वमन्त्री समेत रहेका यादवले ओली मानसिक तथा शारीरिक रूपमा ठिक नभएको बताउँदै आफूखुसी काम गर्न रोक लगाएपछि वर्तमान सरकारलाई परमादेशको सरकार भनी टिप्पणी गरेको वताए ।
‘मैले एउटै पार्टी हुँदा स्थायी समितिको बैठकमा नै भनेको थिएँ । कमरेडहरू उहाँ मेन्टल्ली पनि ठिक हुनुहुन्न । फिजिकल्ली पनि ठिक हुनुहुन्न । त्यसैले कुनै बेला पनि दुर्घटना हुनसक्छ । यो जिम्मेवारी किन बोकाउनुहुन्छ ?’ उनले भनेका छन्–‘उहाँलाई अन्याय किन गर्नुहुन्छ ? म एमालेका माननीय मित्रहरूलाई के भन्न चाहन्छु भने जहाज उडाउने क्याप्टेनहरूको मेडिकल चेक हुन्छ । देशकै जहाज उडाउन दिएपछि दुर्घटना हुँदैन ? पार्टीकै जहाज उडाउन दियो भने दुर्घटना हुँदैन ?’
यादवले परमादेशबाट संसद् ब्युँताएको भनेर लाग्ने सबैलाई राजीनामा गर्न र चुनाव जितेर आउन पनि भनेका थिए ।
‘यो हाउसमा हामी परमादेशबाट होइन जनादेशबाट आएका हौ । जनादेशकै आधारमा संविधान बनेको हो । संविधानले दिएको अधिकार उचित र अनुचित ढंगले प्रयोग गर्ने कुरामा विवाद भएको हो’ उनले भने–‘पूर्व प्रधानमन्त्री माननीय केपी शर्मा ओली जीलाई म के आग्रह गर्न चाहन्छु भने यो हाउसमा नआई राजीनामा दिए हुन्छ । चुनाव लडेर आए भईगो नि त । परमादेशबाट आएको छ भन्ने जो जोलाई लागेको छ राजीनामा दिए हुन्छ । परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने ?’
शुक्रबार नै नेकपा एमालेका सांसद विशाल भट्टराईले ओलीलाई ‘मेन्टल्ली डिसअर्डर’ भनेको विषयमा आपत्ति जनाएका थिए । मर्यादित र सम्मानित सदनमा अमर्यादित र संसद्लाई नसुहाउने अभिव्यक्तिहरू आफूहरूका लागि गम्भीर आपत्तीजनक भएको भन्दै रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएका थिए ।
‘मेन्टल्ली डिसअर्डर भएकोजस्ता अभिव्यक्तिहरू पटकपटक दोहोर्याएर भन्नुभयो । म प्रश्न गर्न चाहन्छु । त्यो भन्ने अधिकार उहाँलाई कहाँबाट छ ? उहाँसँग के प्रमाण छ ? के तथ्यका आधारमा उहाँले यो भन्दैै हुनुहुन्छ ? यो महत्वपुर्ण निकायमा अमर्यादित खालका र संसद्लाई नसुहाउने अभिव्यक्तिहरू हाम्रा लागि गम्भीर आपत्तीजनक छ’ उनले भने–‘यो रेकर्डबाट हटाईयोस् । अन्यथा नेकपा एमाले यो कुरालाई कुनै हालतमा पनि सहँदैन भन्ने कुरा सभामुखमार्फत् जानकारी गराउन चाहन्छु।’
मेन्टल्ली डिसअर्डर