News

खाडी मुलुकमा यौन कर्मका लागि चेली पठाउने गिरोहका नाईकेहरुलाई खै कारवाही ?

खाडी मुलुकमा यौन कर्मका लागि चेली पठाउने गिरोहका नाईकेहरुलाई खै कारवाही ?

नेपालमा केहि समय अघि भिजिट भिसाका नाममा नेपाली युवतीहरूलाई खाडी मुलुक पठाएर यौनजन्य कार्यसहित निकृष्टकाममा लगाएको घट्ना सार्वजनिक भयो। यस्तो कार्यलाई मानव बेचबिखन सरहको कसुर मानी कारवाही गर्ने ब्यवस्था छ। तर, अध्यागमन र विमान कम्पनीकै कतिपय कर्मचारीको मिलेमतोमा यो काम नरोकिएपछि अख्तियारले हात हाल्यो।

गैरकानुनी लाभ लिएर अनैतिक काम जारी रहेपछि सामान्य सोचेर अघि वढेको अख्तियार पनि झसङ्ग भयो । उक्त कार्यमा एक÷दुई जना र सामान्य ब्यक्ति मात्र होईन, सयौँ मानिस र भिआईपीसम्ममो संलग्न भएको भेटियो । यस्तो गैरकानुनी लाभ लिएर नेपाली युवतीलाई विदेश पठाउने गिरोह पहिचान गर्दा त्यहाँका महानिर्देशक सागर आचार्य थिए।

लामो अनुसन्धानपछि टंगालस्थित अख्तियारको मुख्यालयमा प्रतिवेदन पेश भयो । तर, विशेषतः उच्चपदस्थ र पहुँचवाला कर्मचारी अख्तियारको अनुसन्धानको दायरामा परेनन् । सिमित ब्यक्तिलाई मात्र मुद्दा चलाईयो । कानुनतः तत्कालिन महानिर्देशक आचार्यलाई कारवाही भएन । बरु, पुरस्कृत गरेर सिडिओका रुपमा तनहुँ पठाइयो ।

नविन घिमिरे प्रमुख आयुक्त हुँदा यो मुद्दा विशेष अदालतमा दर्ता भएको थियो। विशेष अदालतले अख्तियारकै निर्णयमा टेकेर पेश नगरिएका प्रतिवादी र तीमाथिको अभियोगपत्रबारे सोधखोज गरेपछि अहिले सवैको पोल खुल्न थालेको छ । 

सोहि प्रकरणमा अध्यागमन अधिकृत कमल पराजुली पक्राउ परेपछि उनले सवैको नाम पोलेका छन् । उनको बयानका आधारमा महानिर्देशक सागरसहित मित्रलाल लम्साल, सुरेश श्रेष्ठ, युवराज परियार, यामबहादुर बुढामगर, मोहन केसी, वायुसेवा निगमका कर्मचारी भानुभक्त कँडेलसहित अन्य व्यक्ति समेत संलग्न देखिएका छन्।

अख्तियारले ४ कात्तिक ०७६ मा वितषमा सोउपर छुट्टै अनुसन्धान गर्ने गरी निर्णय गरेको छ। तर, अख्तियारको प्रमुखमा अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रेम राई छन् ।

आफुलाई उन्मुक्ति दिएको गुण तिर्न तनहुँमा रहँदा आचार्यले गरेको ब्यवहारका कारण अहिले अख्तियार पनि हच्केको छ । गत मंसिरमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल ऋषिङ गाउँपालिका– १, १० र ११ नम्बर वडा जोड्ने पुल उद्घाटन गर्न पुगेका वेला पुल उद्घाटन गर्न नदिई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो । 

सोहि प्रकरणका कारण अख्तियारले आचार्यलाई जोगाउन खोजिरहेको श्रोतको भनाई छ । शुरुमा त पक्राउ परेका कमल पराजुलीले पनि अदालतलाई गुम्राहमा राख्ने प्रयास गरे । प्रहरीले जबरजस्ती बयान लिएको भनी उनले अदालतलाई पनि ढाँटे। त्यसपछि विशेष अदालतले अख्तियारको अनुसन्धान अधिकृत तोकिएका डिएसपी शिवराज बुढाथोकी र सुकदेव पौडेललाई नै बोलाएर सोधपुछ गरेपछि १३ जनामाथि मुद्दा चलेको छ ।

घट्नामा जम्मा १ सय १९ जनाको मिलेमतो देखिएको थियो । पक्राउ परेका व्यक्तिहरूको फोन सम्पर्क र म्यासेजका आधारमा उनीहरुको पहिचान खुले पनि सवैमाथि मुद्दा चल्न सकेको छैन । मुद्दाको पेशी साउन १० गते तोकिएको थियो । 
 

भिजिट भिसा खाडी मुलुक अख्तियार

विशेष