News राजनीति

प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्दा एमाले सिकिस्त, आर्यघाट पुग्यो दरवार !

प्रचण्डले ढाडमा टेकेर टाउकोमा हान्दा एमाले सिकिस्त, आर्यघाट पुग्यो दरवार !

जनयुद्धको समयमा माओवादी भित्र एउटा वाक्य खुवै चर्चामा थियो– ढाडमा टेकेर टाउकोमा हान्ने । माओवादी अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्डल’ दुश्मन भनिएका शक्तिसँग साँठगाँठ गरेपछि पार्टीभित्र भन्ने गर्थे—दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्नु पर्छ । 

माओवादी ‘जनयुद्ध’ होस् या शान्ति प्रक्रियामा आएपछि नै किन नहोस् उनले ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने रणनीति कार्यान्वयन गरिरहे । दुस्मन शक्तिलाई कमजोर पार्न उ समानको अर्को शक्तिलाई प्रयोग गर्ने क्रम जारी राखे । 

‘जनयुद्ध’ताका माओवादीको पहिलो निशाना नेपाली काँग्रेस थियो। काँग्रेसलाई तह लगाउन दरबार र एमालेले प्रयोग भए । कांग्रेस समस्यामा पर्दा दरवार र एमाले खुसी भए। तर, पछि माओवादीको रणनीतिमा एमाले पनि पर्यो र राजावादी पनि परे । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाको ठुलो योगदान छ। काँग्रेसले प्रयास नगरेको भए प्रचण्ड राजासँग मिल्न अघि वढिसकेका थिए । माओवादी नेताहरूले पुस्तक र लेख तथा प्रचण्ड स्वयम्ले दरबारसँग कार्यगत एकताको प्रसंगलाई पुष्टि गरेका छन् ।

लोकतान्त्रिक शक्तिलाई एक्ल्याउने बुझेर गिरिजाले गम्भिर कदम चाले । कोइरालाले आफ्नो बुई चढेको माओवादीलाई साइजमा त ल्याए तर, प्रचण्डले पनि राजनीतिक दलहरुको ढाडमा चढेर दरवारलाई सिद्याए। 

प्रचण्डको यो रणनीति वर्ग सत्रुमा सिमित रहेन, उनले आफनै पार्टी भित्र पनि यसलाई प्रयोगमा ल्याए। तर, उनको यो रणनीति वुझदै गएपछि नेताहरुले उनको साथ छोड्दै गए । वावुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’, मोहन वैद्य हुँदै रामवहादुर थापा वादल, टोपवहादुर रायामाझी लगायतका नेताले प्रचण्डको साथ छोडे । एउटा नेतालाई काखी च्यापेर अर्को नेतालाई सिद्याउने दाहालको शैली वुझदै गएपछि नेताहरु आफै पाखा लागेको नेकपा माओेवादी केन्द्रका नेताहरु नै वताउँछन् ।

पछिल्लो समय प्रचण्डको रणनीतिमा एमाले परेको छ। नेकपा एमालेका नेता एवं पूर्वमुख्यमन्त्री शंकर पोखरेलले प्रचण्डको ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीतिको शिकार एमाले भएको दावी गरेका छन् ।
 
शनिवार दाङमा आयोजित कार्यक्रममा नेता पोखरेलले आफुहरुले नेता मानेका प्रचण्डले युद्धकालकै नीति अनुसार माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने प्रयास गरेपछि पार्टीमा समस्या आएको दाबी गरे।

‘पुष्पकमल दाहाल प्रचण्ड माओवादीका नेता, उहाँलाई आधार बनाएर हामीले चुनावी गठबन्धन ग¥यौं । पार्टी एकता ग¥यौं तर उहाँले ढाडमा टेकेर टाउकोमा हान्ने नीति छोड्नुभएको रहेनछ’ उनले भने–‘माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोशिश गर्नुभयो । आजको परिणामले त्यही पुष्टि भएको छ।’

प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद र महत्वाकांक्षाको संयोजनका कारण देशमा अहिले अस्थिरता सिर्जना भएको पोखरेलको आरोप छ। 

गिरिजाप्रसाद कोइराला शंकर पोखरेल माधवकुमार नेपाल ढाडमा टेकेर टाउकोमा हान्ने

विशेष