News

कुलमान नियुक्ति प्रकरणमा प्रचण्ड र देउवाको तथानाम, निर्णयमा प्रचण्डको हस्तक्षेप

कुलमान नियुक्ति प्रकरणमा प्रचण्ड र देउवाको तथानाम, निर्णयमा प्रचण्डको हस्तक्षेप

प्रधानमन्त्री शेरबहादुर देउवाले १९ साउनमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिए।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ सँग भएको सहमति अनुसार देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएका थिए । तर, उनको मनसाय भने पहिला मन्त्रीपरिषद विस्तार गर्ने र त्यसपछि मात्रै कुलमानको नियुक्ति प्रकृया अगाडि वढाउने थियो।

तर, प्रधानमन्त्री भन्दा अगाडि प्रचण्डको निर्देशन पाएकी उर्जामन्त्री भुसालले तत्कालै हितेन्द्रलाई वोलाएर राजिनामा दिन निर्देशन दिईन । यति मात्र होईन हितेन्द्रलाई उर्जा आयोगमा सार्ने र कुलमानलाई नियुक्ती गर्ने सम्पुर्ण प्रकृया मिलाएर उनले मन्त्री परिषदमा वैठकमा प्रस्ताव नै लिएर गईन। निर्देशन दिनासाथ तत्कालै फाईल मन्त्री परिषदमा पुगेपछि देउवा समस्यामा परे।

त्यसैले गत सोमवार वसेको मन्त्री परिषदले कुलमानको नियुक्तिलाई पाखा लगाईदियो । प्रधानमन्त्री देउवाले नै चासो नदिएपछि घिसिङको नियुक्तीको निर्णय हुन सकेन। त्यसैले मन्त्री परिषदको निर्णय सार्वजनिक हुँदा कुलमानको नियुक्तिको विषय पनि आए । कतिपय सञ्चार माद्यमले ‘कुलमानको नियुक्ति भएन’ भन्दै समाचार पनि वनाए । 

कुलमानको नियुक्ति नभएको जानकारी पाएका प्रचण्ड तत्काल देउवालाई भेट्न बालुवाटार पुगे । प्रचण्ड बालुवाटार पुग्दा बैठक सकिएर केही मन्त्रीहरु फर्की सकेका थिए । तर, प्रचण्ड बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग कुलमानको नियुक्तको किन निर्णय नगरेको भन्दै प्रश्न उठाए । त्यसपछि प्रधानमन्त्री देउवा झोक्किँदै ‘अहिले कुलमान भन्दा मन्त्रीपरिषद बिस्तार गर्नु जरुरी हो । खै तपाईहरु ले बिस्तार गर्न दिएको ?’ भन्दै प्रचण्डलाई प्रश्न गरेका थिए।

देउवाले कुलमानलाई नियुक्ती गर्नेभन्दा पनि पहिलो प्राथमिकता मन्त्रीपरिषद् विस्तार गर्नु हो भन्दै जवाफ दिएपछि यहि विषयमा केहिवेर उनीहरु विच भनाभन भयो। श्रोतका अनुसार दुवैले आ–आफनो तर्क प्रस्तुत गर्न थालेपछि उनीहरुविचमा भनाभनको अवस्था श्रृजना भएको थियो ।

देउवा अहिले नै कुलमान घिसिङलाई ल्याएर कुनै ठूलो उपलब्धि हुने नदेखेर उनलाई प्राधिकरण फर्काउने प्रस्तावबारे पछि निर्णयमा पुग्ने मुडमा थिए भने प्रचण्ड आफैँ बालुवाटार गएर दबाब दिए। तर अन्त्यमा प्रचण्डले प्रधानमन्त्री देउवालाई मनाए।

जसका कारण बैठक सकिएपछि उक्त प्रस्तावमा निर्णय गर्न देउवा वाध्य भए । प्रचण्ड आफै लागेर उक्त निर्णय लेखाएर खुमलटार फर्किएको वालुवाटार श्रोतको दावी छ। त्यसैले कुलमानको नियुक्तिको समाचार पनि भोलीपल्ट मात्रै सार्वजनिक भयो । मन्त्री पम्फा भुसाल र प्रचण्ड सामाजिक संजाल र जनतामा लोकप्रियता हुने लोभले हतार–हतार कुलमानलाई नियुक्त गर्न लागि परेको धेरैको बुझाइ छ ।

यस विषयमा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रश्न पनि उठाएका छन्। भट्टराईले कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग÷असहयोग र कसको विरोध भन्न जरुरी नरहेको दाबी गरे। उनले कस्ता दिन आए भन्दै व्यङ्यसमेत गरेका छन्। सत्तारुढ जनता समाजवादी पार्टीका नेता भट्टराईले भने–‘कुलमानको कमब्याक स्वागतयोग्य छ! बधाइ! तर उनको नियुक्तिमा कसको प्रस्ताव, कसको सहमति, कसको सहयोग, कसको असहमति, कसको असहयोग, कसको विरोध आदि इत्यादि पनि भन्न जरूरी छ? कस्ता दिन आए...!’

घिसिङको नियुक्ति नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव, प्रधानमन्त्री शेरबहादुर देउवाको सहमति र ऊर्जामन्त्री पम्फा भुषालको सहयोग भन्ने समाचार आउन थालेपछि भट्टराईले यसरी असन्तोष्टी ब्यक्त गरेका थिए ।

कुलमान चार वर्ष विद्युत् प्राधिकरणमा काम गरेर २८ भदौ ०७७ मा बिदा भएका थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कै कारण घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको प्रमुखमा नियुक्ति गरिएको थियो । त्यसवेला उर्जामन्त्री जनार्दन शर्मा थिए । 

यो पनि

कुलमानको नियुक्ति विरुद्ध अदालत जाने हितेन्द्रदेवको तयारी

हितेन्द्रलाई उर्जा आयोगमा सारेर कुलमानलाई ४ वर्षको नियुक्ति

कुलमान भन्थे ‘ओली आइडियाले होईन, हाम्रो ब्रेनले लोडसेडिङ्ग मुक्त’

लोडसेडिङ अन्त्य हुनुमा आयातित बिजुली पनि कारक हो

शेरबहादुर देउवा कुलमान घिसिङ पुस्पकमल दाहाल ‘प्रचण्ड’

विशेष