पुसमा नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डको प्रश्ताव

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले पार्टीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म गर्न प्रस्ताव गरेका छन् ।
शनिबारदेखि सुरु भएको केन्द्रीय कमिटीमा अध्यक्ष दाहालले अहिलेसम्मको राजानीतिक परिस्थितिबारे जानकारी गराउँदै यस्तो प्रश्ताव गरेका हुन ।
प्रस्तावमा भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण तथा असोज १० गते देशैभर एकै दिन सेल र टोल भेला गरिने जनाईएको छ।
असोज २० गते वडा सम्मेलन, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन र मंसिर १५ गते प्रदेश सम्मेलनको आयोजना गरिनेछ ।
अध्यक्ष दाहालले विधान संशोधन प्रस्ताव र राजनीतिक प्रतिवेदन पनि प्रस्तुत गरेको जनाईएको छ । प्रचण्डले प्रस्तुत गरेको राजनीतिक र विधान संशोधन प्रस्तावमाथि छलफल गर्नका लागि केन्द्रीय कमिटीका सदस्यलाई ८ समूहमा विभाजित गरेर छलफल सुरु भएको उछ।
सबै समूहबाट रिपोर्ट आएपछि अध्ययन गरेर बैठकले निर्णय लिने जनाईएको छ । बैठक आइतबार ११ बजे फेरि बस्नेछ।