News राजनीति

प्रचण्डको दावी– ओलीलाई घोडाबाट झार्ने काम माओवादी केन्द्रले नै गरेको हो

प्रचण्डको दावी– ओलीलाई घोडाबाट झार्ने काम माओवादी केन्द्रले नै गरेको हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने दावी गरको छन् । शनिबार काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा समसामयिक परिस्थितिबारे ‘संक्षिप्त रिपोर्टिङ’ गर्ने क्रममा माओवादी फेरी प्रमुख शक्ति वन्ने आधार तयार भएको दाबी गरे।

पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको प्रचण्डको विश्लेषण छ । प्रचण्डले भने, ‘आगामी निर्वाचनसम्म आउँदा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना छ ।’

माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दाहरु उल्टिने र देश नै दुर्घटनामा पर्न सक्ने संकेत गर्दै उनले त्यसैले परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादी लिनुपर्ने वताए । ‘हाम्रो अस्तव्यस्त भएको संगठन नै हो । माओवादी नेतृत्वले राजनीतिक पहल आफ्नो हातमा लिएको छ, अब यसलाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न जरुरी छ’– उनले भने ।

संसद विघटनविरुद्ध माओवादी केन्द्रले नै लडेको वताएका उनले भने–‘गठबन्धन निर्माण गरेर केपी ओलीलाई घोडाबाट झार्ने काम माओवादी केन्द्रले नै गरेको हो भन्ने जनताले बुझेका छन् । विरोधीहरु र विश्वले पनि बुझेको छ । अब यो पहललाई संगठनमा रुपान्तरण गर्नुपर्छ ।’

यसबीचमा भएका केहि कमीकमजोरीका कारण सहिद परिवार, घाइते र पीडितहरुलाई प्रतिक्रियावादीहरुले आफना विरुद्ध प्रयोग गर्न खोजेको उनले वताए । तर, घेरा तोड्दै राजनीतिको केन्द्रमा रहन सफल भएको उनले रिपोर्टिङ्ग गरेका छन् ।

परिवर्तन उल्ट्याउन खोज्ने तत्वहरुले गठबन्धन तोड्ने र पुरानै सरकार ल्याउन खोजेको वताएका प्रचण्डले भने –‘प्रतिगमनलाई परास्त गर्ने र प्रतिगमनलाई रोक्ने भूमिकालाई अलिकति पनि घट्न दिनुहुँदैन ।’

उनले केपी ओलीविरुद्ध बनेको वर्तमान सत्तारुढ गठबन्धनलाई कम्तिमा आउने तीनै तहका निर्वाचनसम्म कायम राख्ने प्रस्ताव पनि वैठकमा अघि सारेका छन्।

पुस्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा माओवादी केन्द्र

विशेष