कोभिसिल्ड लगाएको पाँच महिनापछि दोस्रो खोप, प्रभावकारीता उत्तिकै

सरकारले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएको पाँच महिनापछि पनि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने जनाएको छ।
कतिपयले पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा प्रभावकारी हुनेबारे शंका गरिरहेका बेला सरकारले यस्तो वताएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढुक्क भएर दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ ।
पहिलो मात्रा लगाएको लामो समय पछि पनि दोस्रो मात्रा लगाउँदा प्रभावकारीता रहने मन्त्रालयले जनाएको छ। अध्ययनहरुले नै पहिलो र दोस्रो मात्रा बीचको अन्तर लामो भएपनि खोपले प्रभावकारी काम गर्ने पुष्टि भएकोले शंका नगर्न आग्रह गरिएको छ।
भारतीय कम्पनीले उत्पादन गरेको कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिक लगायतलाई दोस्रो मात्राका रुपमा अहिले सरकारले अष्ट्राजेनेका खोप दिइरहेको छ । यी दुई खोप एउटै प्रकृतिका भएकोले कोभिशिल्ड लगाएकाहरुले ढुक्क भएर अष्ट्राजेनेका खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।