काबुललाई चारैतिरबाट घेरेको तालिबानले विदेशीलाई घर फर्किन दिने
तालिबानले अफगानिस्तानको राजधानी काबुललाई चारैतिरबाट घेरेको दाबी गरेको छ ।
तालिबान लडाकूहरू देशका प्रमुख शहरहरूमा कब्जा गरिसकेपछि आइतवार काबुल शहर पुगेका हुन् ।
लडाकूहरूलाई उत्सव मनाउनका लागि गोली प्रहार गर्न नदिने एक तालिबान अधिकारीले बताए । अफगान सुरक्षाबलका सदस्यलाई घर फर्किन पनि दिने उनीहरूको भनाइ छ ।
विमानस्थल र अस्पतालहरूलाई काम गर्न दिने तथा आकस्मिक आपूर्तिका वस्तु नरोक्ने पनि ती अधिकारीले बताए ।
विदेशीहरूले चाहेमा शहर छोड्न सक्ने वा तालिबान प्रशासकहरूसमक्ष हाजिरी लगाउन सक्ने पनि बताइएको छ ।
अमेरिकाले आफ्नो दूतावासका कर्मचारीहरूलाई सुरक्षित स्थानमा लग्ने काम गरिरहेको छ । त्यसमा सहयोग गर्न ५ हजार सैनिकहरू काबुल पुगेका छन् । एजेन्सी