News

अफगानिस्तानमा रहेका १५ सय नेपालीको सरकारसँग गुहारः हाम्रो उद्धार गर

अफगानिस्तानमा रहेका १५ सय नेपालीको सरकारसँग गुहारः हाम्रो उद्धार गर

अफगानिस्तानमा तालिवान लडाकुहरुले राजधानी काबुललाई नियन्त्रणमा लिएको घोषणा गरेपछि करिव १ हजार ५ सय नेपाली समस्यामा परेका छन् । उनीहरुले आफुहरुलाई उद्धार गर्न नेपाल सरकारलाई आग्रह गरिरहेका छन् ।

नेपालमा रहेका उनीहरुका आफन्तले पनि चिन्ता ब्यक्त गर्दै सरकारलाई उद्धारका लागि प्रयास गर्न आग्रह गरिरहेका छन् । तर, सरकारका तर्फवाट हालसम्म कुनै पनि प्रयत्न भएको आधिकारीक जानकारी छैन । आइतवार नै संसदीय समितिको बैठकले सरकारका नाममा तत्काल अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न निर्देशन दिएको छ। 

पुर्व मन्त्री एवम् नेकपा एमालेका नेता गोकुल वास्कोटाले पनि तनावग्रस्त अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागि आग्रह गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्–‘तनाबग्रस्त अफगानिस्तानबाट जीवनरक्षा गरिदिन त्यहाँ रहेका नेपालीले माग गरिरहेका छन तर कहा हरायो परमादेश सरकार अनि के गर्दै छन, ओली हुँदा परराष्ट्र सम्बन्ध बिग्रियो भनेर कान टट्टाउन्जेल र आँखा तिरमिराउन्जेल समाचार भट्याउन लगाउने सम्पादकहरू? सरकारले नेपालीलाई तत्काल सुरक्षित फिर्ता गराओस।’

तालिवान लडाकुले काबुलका विभिन्न जिल्लामा नियन्त्रण आफ्नो हातमा लिएपछि अमेरिका लगायतका विभिन्न देशहरुले भने आफ्ना नागरिकहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सार्न थालेका छन्। 

यता, नेपालीलाई उद्धार गर्नका लागि भनेर १२ दिन पछिलाई चार्टर उडान बुक गरिएको जनाईएको छ । नेपालीहरुलाई लिनका लागि नेपाल वायु सेवा निगमको विमान बुक भएको निगमका प्रवन्ध निर्देशक डीमप्रसाद पौडेलले जानकारी दिए।

दुबईको फ्रिको एफजेड कम्पनीले सो कम्पनी मार्फत अफगानिस्तान पुगेका नेपालीको उद्धारका लागि वायु सेवा निगमको उडान बुक गरेको हो। ‘हामीलाई चार्टर उडानका लागि प्रस्ताव आएको छ। परराष्ट्र मन्त्रालयले यो जोन सेफ छ भनेर निश्चित गरेपछि मात्र यो उडान टुंगो लाग्नेछ’ उनले भने–‘वार जोनमा गएर रिस्क लिन अप्ठ्यारो छ।

परराष्ट्र मन्त्रालयले निश्चित गरेपछि मात्र यो उडान गर्ने सर्त रहेको उनले स्पष्ट पारे। निगमका अनुसार यो चार्टर उडानका लागि अगस्ट २७ को बुकिङ छ। यस अघि पनि निगमको जहाजले अफगानिस्तानतर्फ चार्टर उडान गरिसकेको छ। 

तालिवान लडाकु काबुल नियन्त्रण

विशेष