News राजनीति

प्रचण्डलाई आफनै नेताको प्रश्न : कांग्रेससँग सहकार्य गरेर कसरी समाजवादको सपना देख्न सकिन्छ?

प्रचण्डलाई आफनै नेताको प्रश्न : कांग्रेससँग सहकार्य गरेर कसरी समाजवादको सपना देख्न सकिन्छ?

नेकपा माओवादी केन्द्रका नेताहरुले कांग्रेससँगको सहकार्यलाई शंकाको नजरले हेरेका छन् । शनिवारदेखि काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा बनाइएका आठवटा समूहको तर्फबाट सुझाव दिने क्रममा उनीहरुले कांग्रेसँगको सहकार्य अनैतिक हुने वताए।

शनिबार मात्रै माओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधान शत्रु घोषणा गर्दै कांग्रेस सभापति शेरबहादुर देउवामा तुलनात्मक रुपमा राजनीतिक चरित्र देखिएको बताएका थिए। अहिलेको ५ दलिय गठवन्धनलाई चुनावसम्म लैजानुपर्ने उनको मत थियो।

प्रचण्डको अभिब्यक्तिप्रति संकेत गर्दै नेता युवराज चौलागाईंले दलाल पूँजीपतिहरुको पार्टीका रुपमा परिचित नेपाली कांग्रेससँग तालमेल गरेर चुनावमा जान नसकिने बताए। उनले कांग्रेससँग सहकार्य गरेर माओवादीले समाजवादो सपना देख्न नसक्ने पनि टिप्पणी गरे।

‘नेपालमा लामो समयदेखि दलाल पूँजीपति वर्गको नेतृत्व गरेर बसेको नेपाली कांग्रेससँग हाम्रो सहकार्य भइरहेको छ। दलाल पूँजीपतिको प्रतिनिधिसँग सहकार्य गरेर माओवादीले कसरी समाजवादको सपना देख्न सक्छ?’ उनले भने–‘अझै आगामी निर्वाचनमा ऊसैसँग तालमेल गरेर जाने कुरा अनैतिक हुन्छ।’

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल समूह र जनमोर्चा नेपाल छन्।

नेकपा माओवादी केन्द्र शेरबहादुर देउवा केन्द्रीय कमिटी बैठक ५ दलिय गठवन्धन

विशेष