News विदेश

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडे

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडे

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छोडेका छन् । विद्रोही समूह तालिवान राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानीले देश छाडेका हुन ।

बिबिसीका अनुसार तालिवानले देशका मुख्य शहर कब्जा गरेर काबुल समेत नियन्त्रणमा लिने प्रयास गरेर सत्ता हस्तान्तरणका लागि बारम्बार आग्रह गरेपछि राष्ट्रपति घानीले देश छाडेका हुन ।

काबुलमा तालिवानको प्रवेशपछि राष्ट्रपति घानीलाई राजीनामा गरेर सत्ता हस्तान्तरण गर्नुपर्ने दबाब बढेको छ । 

यसैगरी, अफगानिस्तानको सिमा क्षेत्रमा तैनाथ ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीइ प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले जानकारी गराएको छ । 

“अगस्त १४ मा ८४ जना अफगान सरकारी सैनिकको एउटा समूहले सीमा पार गरको र उनीहरूलाई राज्य सुरक्षा सेवाका सीमा फौजका एकाइहरूद्वारा पक्राउ गरिएको बताइएको छ । 

सीमा उल्लङ्घन गरी उज्वेकिस्तान पुगेका अफगान सैनिकलाई पक्राउ गर्दा उनीहरूबाट कुनै प्रतिरोध नभएको मन्त्रालयले बताएको छ । उनीहरूमध्ये तीन सिपाही घाइते रहेका र उनीहरूलाई उपचारको व्यवस्था गरिएको रूसी सञ्चार संस्था स्पुत्निकले मन्त्रालयलका अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ ।

सिपाहीहरूलाई उज्वेकिस्तान सरकारद्वारा चिकित्सा सहायता, खाना र अस्थायी आश्रय दिएको बताइएको छ । 

विशेष