News

माओवादी वैठकमा एमसीसी वारे वहस, पार्टीको स्पष्ट धारणा माग

माओवादी वैठकमा एमसीसी वारे वहस, पार्टीको स्पष्ट धारणा माग

सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश गर्न नदिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विषय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय समिति वैठकमा भने छुसुक्क छिराएका छन् ।

संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आएका प्रचण्डले पार्टीको वैठकमा छलफलका लागि उक्त विषय समावेश गराएका थिए । तर, एमसीसीको विषय संक्षिप्त रुपमा प्रश्तुत गरिएको थियो ।

नेताहरुले उक्त विषयमा पार्टीको धारणा स्पष्ट पार्न माग गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि समूहगत छलफलमा भाग लिँदै टोली नेताहरुले एमसीसीबारे थप प्रष्ट पार्न माग गरेका हुन् ।

प्रतिवेदनमा एमसीसी, लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिने उल्लेख छ । टोली नेताहरुले एमसीसीबारे जनताले बुझ्ने भाषामा पार्टीको धारणा ल्याउन सुझाव दिएका छन् ।

प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रममा भने एमसीसीको विषय समावेश हुन दिएका थिएनन् । नेपाली कांग्रेसको संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले ‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा न्यूनतम साझा कार्यक्रममा केही समेटिएन किन ?’ भन्दै प्रश्न गरेपछि प्रधानमन्त्री एवम पार्टी सभापति शेरवहादुर देउवाले प्रचण्डका कारण त्यो विषय समावेश हुन नसकेको जनाएका थिए ।

एमसीसीका वारेमा कार्यक्रममा राख्न खोजेपनि प्रचण्डले नमालेको उनको भनाई थियो। 

एमसीसी पुस्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा माओवादी केन्द्र

विशेष